‘समर लभ’ मा केही पात्रको छनोट चित्त बुझेको थिएन: सुबिन भट्टराई | Khabarhub Khabarhub

‘समर लभ’ मा केही पात्रको छनोट चित्त बुझेको थिएन: सुबिन भट्टराई


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पहिलो कृति ‘कथाकी पात्र’ बाट खासै चर्चामा आउन नसकेका सुबिन भट्टराईलाई उपन्यास ‘समर लभ’ ले युवा फ्यानमाझ एकाएक परिचित गराइदियो । उनको यो उपन्यास नेपाली साहित्य बजारमा ‘बेस्ट सेलर’ उपन्यास पनि बन्न पुग्यो । सुबिन सेलिब्रेटी लेखक भए ।

त्यसपछि लेखेका उनका उपन्यास ‘साया’ र ‘प्रिय सुफी’ को पनि चर्चा कम छैन । यद्यपि एक थरी पाठकले भने उनको उपन्यासमा बौद्धिकता नहुने भन्दै विरोध पनि गरिरहेका हुन्छन् ।

यतिबेला भने सुबिन उपन्यासका कारणले भन्दापनि फिल्मका कारण चर्चामा छन् । उनले लेखेको उपन्यास ‘समर लभ’माथि फिल्म बन्ने चर्चा त वि.सं. २०७२ देखि नै चल्न थालेको थियो । यतिबेला भने सोही उपन्यासमा आधारित फिल्म ‘समर लभ’ तयार बनेर पर्दामा आउन रेडी भएको छ ।

फिल्मको टिजर सार्वजनिक भएपछि नै उपन्यास पढिसकेका पाठकले पुस्तकमा वर्णन गरिएजस्तो पात्र नभएको भन्दै असहमति जनाएका थिए ।

सुबिन भट्टराईले यसरी पाठकले लगाएको आरोपलाई स्वीकार्दै आफूलाई पनि पात्र चयनका बेला केही पात्र चित्त नबुझेको बताए । उनले भने, ‘म आफै पनि सबै पात्रको कामसँग सहमत छैन, केहीसँग सहमत छु, मैले यो कुरा निर्देशकलाई पनि बारम्बार भन्दै आएको हुँ ।’

तर, आफूले उपन्यास लेख्दा थुप्रै पात्रको खुबीलाई लिएर एउटा पात्र मर्ज गराएको र त्यस्तो पात्र भेट्न केही गाह्रो हुनु स्वभाविक भएको पनि उनले धारणा राखे । ‘यदि मैले उपन्यास नलेखेर फिल्मलेखेको हुन्थेँ भने फरक कुरा हुन्थ्यो, यो प्रश्नआउनु स्वभाविकहो ।’, उनले भने ।

मुस्कान ढकालले निर्देशन गरेको यो फिल्म आउँदो माघ २५ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्मलाई स्किृप्टमा सामीप्यराज तिमल्सेनाले ढालेका हुन् । साथै यो चलचित्रमा आशिष पिया, रेवती क्षेत्री, नम्रता सापकोटा, सुरजसिंह ठकुरी लगायतका कलाकारको मुख्य भूमिका छ ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  १० : १८ बजे

मन्त्री फेरिँदैमा सरकारको नीति परिवर्तन हुँदैन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतको

सुदूरपश्चिम सरकारबाट बाहिरिन दलका नेतालाई नागरिक उन्मुक्तिको निर्देशन

सुदूरपश्चिम – नागरिक उन्मुक्ति पार्टी केन्द्रीय कार्यालयले नेपाली कांग्रेस नेतृत्वको

दुर्गा प्रसाईँले पाएको हतियार इजाजतबारे छानबिन गर्न समिति गठन

काठमाडौं – गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नाममा इजाजत

सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु

डोटी – नुहाउने क्रममा सेती नदीमा डुबेर डोटीमा एक किशोरको

प्रधानमन्त्रीको दाबी ‘राष्ट्रिय गौरवका आयोजना समयमै सम्मन्न हुन्छन्’

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी