हल्लामै सकियो अनमोल र साराको अफेयर? | Khabarhub Khabarhub

हल्लामै सकियो अनमोल र साराको अफेयर?


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – क्युट नायिका सारा सिर्पालीका लागि ब्याड लक भन्नुपर्छ, उनले खेलेका तीनवटै फिल्मले व्यावसायिक रुपमा सफलताको स्वाद चाखेनन् । एक्सन स्टार निखिल उप्रेतीको फिल्म ‘रुद्र’ मार्फतमा नेपाली फिल्ममा डेब्यु गरेकी साराले ‘पिंजडा ब्याक अगेन’ मा काम गरिन् । त्यो असफल भएपनि तेस्रो चलचित्र ‘सुश्री सम्पत्ति’ सफल हुनेमा विश्वस्त थिइन् ।

तर, फिल्म रिलिज भइसक्दा थाहा भयो, फिल्ममा साराको भूमिका त गेस्ट रोलजस्तै रैछ । यो फिल्मले पनि सारालाई राहत दिलाउन सकेन । किनकि, फिल्म फ्लप भयो ।

‘सुश्री सम्पत्ति’ को प्रचारका बेला निकै हल्ला चल्यो – सारा र अनमोल केसी एकअर्काको प्रेममा छन् ।

दुवैले मिडियामा आएका समाचारको खण्डन गरे । आफूहरु राम्रो साथी भएको तर प्रेममा नरहेको दाबी गरे । त्यतिबेला लामो समय गसिप बनेका उनीहरु अहिले भने चर्चामा छैनन् । फिल्म ‘सुश्री सम्पत्ति’ व्यावसायिक रुपमा असफल भएपछि साराको पनि खासै चर्चा छैन । अनमोल भने यतिबेला ‘क्याप्टेन’ को प्रचार र प्रमोसनमा व्यस्त छन् । अर्कातिर उनी फिल्म ‘ए मेरो हजुर ३’ मा पनि व्यस्त छन् ।

अहिले अनमोल र साराको प्रेमको चर्चा पूर्णत सेलाएको छ । अब यी दुईबीच प्रेम छ या हल्लामै सीमित हो भन्ने त पक्कै समयले देखाउला तर त्यो हल्लाले साराको फिल्म प्रचारका लागि त राम्रै फाइदा पुगेको रहेछ भन्ने अनुमान लगाउन भने सकिन्छ ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  १० : २७ बजे

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी

लाकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार