डीपीएलको तयारी पूरा, व्याट्सम्यानलाई सहज हुने पीच | Khabarhub Khabarhub

डीपीएलको तयारी पूरा, व्याट्सम्यानलाई सहज हुने पीच



काठमाडौं– नेपाली क्रिकेटका लागि उर्वर भूमिका रुपमा चिनिने सुदुरपश्चिम प्रदेश स्थित धनगढीले क्रिकेटको ‘सहर’ पहिचान पाइसकेको छ । सुदुरपश्चिमका पहाडी जिल्ला, वैतडी, अछाम, डोटी, बझाङ लगायतका जिल्लाहरुमा क्रिकेट परिचित रहेपनि तराईका कञ्चनपुर तथा कैलालीबाट व्यवसायिक क्रिकेटमा टिमहरुले प्रतिस्पर्धा गर्दै आएका छन् ।

पहिलो र दोस्रो संस्करण सफलता पूर्वक आयोजना सम्पन्न गरेको धनगढी क्रिकेट एकेडेमी (डीसीएल) तेस्रो संस्करणलाई पनि सफलता साथ सम्पन्न गर्ने उदेश्यले तयारी पूरा भएको डीसीएका अध्यक्ष सुवास शाहीले खबरहबलाई बताए ।

अहिले नेपालमा ट्वान्टी—२० फर्म्याटका तीन वटा ठूला प्रतियोगिता आयोजना हुँदै आएका छन् । धनगढी प्रिमियर लिग (डीपीएल), एभ्रेष्ट प्रिमियर लिग (ईपीएल) तथा पोखरा प्रिमियर लिग (पीपीएल) आयोजना भइरहेका छन् ।

तर, हरेक प्रतियोगितामा नेपाली ब्याट्सम्यानको प्रदर्शनलाई लिएर आलोचना भइरहन्छ । आयोजकले प्रतियोगिता सुरु गर्नु अघि घोषणा गर्ने गर्छन् ‘ब्याटिङ फेवरमा पीच निर्माण गरेका छौं,’ तर, कहिलै पनि आयोजकको दाबी अनुसार ब्याटिङ लाइन चलेको भने दर्शकले कमै मात्रै देख्न पाएका छन् ।

परम्परागत रुपमा नेपाली क्रिकेटको समस्याका रुपमा रहेको ब्याटिङलाई बलियो बनाउने उदेश्यले धनगढी प्रिमियर लिग (डीपीएल) को पीच निर्माण भइरहेको पीच निर्माणमा संलग्न क्युरेटर बिसन मण्डलले बताए ।

फाप्ला मैदानलाई ‘ड्रिम फाप्ला प्रोजेक्ट’ नाम दिएर अन्तराष्ट्रिय स्तरको रंगशाला निर्माणमा सरकारलाई दबाब दिइरहेपनि फाप्लामा डीपीएल पहिलो पटक आयोजना हुँदैछ ।

डीसीएले आयोजना गर्न लागेको डीपीएलका लागि फाप्लामा पीच निर्माणमा नेपाली क्युरेटर मण्डलसँगै २ जना भारतीय क्युरेटरको पनि साथ रह्यो । फाप्लामा यसअघि पनि एक विकेट रहेको थियो । जहाँ धनगढीका स्थानीय साना किसीमका प्रतियोगिता आयोजना भइरहेका थिए ।

“हामीले सुरुमा डीपीएलका लागि ३ विकेटमात्रै बनाउने योजना बनाएका थियौं । तर, पछि भारतका अनुभवी क्युरेटर आएपछि दिर्घकालसम्मका लागि हुने भन्दै २ विकेट थपेका हौं,” क्युरेटर मण्डलले भने, “सुरुमा त्यहाँ एउटा विकेट मात्रै थियो । अहिले त्यसलाई बीचमा पार्ने गरी दाँया र बाँया थप २—२ विकेट बनाएको हो । तर, पहिलेको विकेटको पनि ‘फाउन्डेसन’ नयाँ नै हो ।

फाप्लाको पीचका लागि नजिकैको धनगढीस्थित जालीको सामुदायिक वनबाट माटो ल्याइएको आयोजक डिसिएका अध्यक्ष सुवास शाहीले बताए । “पीचका लागि यसअघिका संस्करणमा पनि त्यही जंगलको माटो ल्याउने गरेका थियौं । त्यसैले फाप्लाका लागि पनि त्यहीको माटो प्रयोग गरेका हौं ।”

२० देखि २५ दिनमा पीचको फाउन्डेसनदेखि पहिलो चरणको काम सकएपनि हेभी रोलर लाउने काम भने केही दिन अगाडि मात्रै लगाइएको थियो । हेभी रोलर लगाइसकेपछि मण्डलले भने “पीचमा ब्याटिङ गर्दा ब्याट्सम्यानलाई सहज हुन्छ,” मण्डलले भने,“स्पिन बलरकालागि पनि पीचमा दुवो रहेकाले बल टर्निङ हुनसक्छ । भने तीव्र गतिका बलरलाई पनि यसले केही सहज पार्छ,” भने ।

“ब्याटिङ समस्याका रुपमा रहँदै आएको छ । तर, दर्शकहरु धेरै रन भएको हर्न चाहाछन्,“ डिसिएका महासचिव भरत जोशीले भने, “हामीले यो पिचलाई ब्याट्सम्यानका लागि सहज हुने गरि निर्माण गरिरहेका छौं । त्यसो त स्पिनरहरुलाई पिचमा हल्का दुवो हुँदा सहज हुन्छ ।”

फाप्लामा पहिलो पटक ठूलो प्रतियोगिता आयोजना हुदैछ । त्यसका लागि आयोजकले पिच जत्तीकै आउट फिल्डमा पनि मेहेनत गर्नु परेको महासचिव जोशीले बताए । “आउट फिल्डमा पनि धेरै मेहनत गरिएको छ । मैदान उँचो—निजो भएको ठाउँमा माटो भरेर सम्याउने काम भइरहेको छ । बिहान बेलुका गरेर पानीले भिजाउने काम पनि भइरहेको छ । दैनिक ४—५ जना कामदार आउटफिल्डमा काम गरिरहेका छन्,” जोशीले भने ।

डीपीएलका लागि खेलाडी बोल—कबोल अक्सनबाट सहभागी ६ वटै टिमले आफ्नो टिम बनाइसकेका छन् भने अहिले टिमहरु विदेशी खेलाडी आवद्ध गर्ने तयारी गरिरहेका छन् ।

यो संस्करणको डीपीएलको अनुमानित लागत ५ करोड रहेको आयोजकले जनाएको छ । डीपीएलमा नेपालका मुख्य मुख्य ६ सहरहरुले आफ्नो प्रतिनिधित्व गरेका छन् । जसमा धनगढी स्टार्स, सिवाईसी अत्तरीया, महेन्द्रनगर युनाइटेड तथा रुपन्देही च्यालेन्जर्स, काठमाडौं गोल्डेन्स र बिराटनगर किङ्स रहेका छन् ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  २ : २० बजे

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत पूर्वाधार

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम