रोचक इतिहास बोकेको ‘सिल्याण्ड’ | Khabarhub Khabarhub

रोचक इतिहास बोकेको ‘सिल्याण्ड’


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

संसारको सबैभन्दा सानो देश कुन हो ? जवाफ आउँछ भ्याटिकन सिटी । यो जवाफ सत्य पनि हो । तर, बेलायतको तटपारी एउटा त्यस्तो ठाउँ छ, जसले आफूलाई एउटा सार्वभौमसत्ता सम्पन्न देश मान्दछ । संसारका अरु कुनै पनि देशले त्यसलाई देशको मान्यता दिएका छैनन् । यदि त्यसो हुन्थ्यो भने यो देश संसारकै सबैभन्दा सानो देश हुन्थ्यो । तैपनि यो देशको आफ्नै झण्डा, राष्ट्रगान, मुद्रा राजसंस्था, राहदानी समेत छ ।

त्यस देशको नाम हो, सिल्याण्ड । सबैभन्दा गजबको कुरा त के छ भने, त्यस देश जमिनमा छैन । खासमा यो देश दोश्रो विश्वयुद्धमा जर्मन आक्रमणलाई परास्त गर्न बेलायतको तटपारी समुद्रमा बनाइएको एचएम फोर्ट रोग्स हवाई प्रतिरोधी तोपका दुई खम्बाजस्तो जगमा स्थापित छ । यहाँ बस्नका लागि घर छ, हेलिकोप्टर ल्याण्ड गर्न हेलिप्याड छ ।

यो देश बेलायतको सफोक शहरको तटभन्दा १२ किलोमिटर टाढा समुद्रमा दुई खम्बामाथि अवस्थित छ । यस देशले केही दर्जन मानिसलाई आफ्नो नागरिकता दिएको छ भने अरु सयौंले यहाँको राहदानी लिएका छन् ।

यो देशको इतिहास पनि उत्तिकै रोचक छ । दोश्रो विश्वयुद्धपछि पनि एक दशकसम्म फोर्ट रोग्समा बेलायती नौसेनाको उपस्थिति थियो । सन् १९५४ मा बेलायती नौसेना यहाँबाट हट्यो । त्यसपछि केही वर्ष त्यस स्थान जस्ताको त्यस्तै रह्यो । सन् १९६५ मा अवैध रेडियो सञ्चालक ज्याक मुर र उनकी छोरीले त्यहाँ कब्जा जमाए । त्यहीँबाट उनीहरुले रेडियो क्यारोलाइन नामक रेडियो सञ्चालन गर्न थाले ।

तर सन् १९६७ मा एक कानूनी लडाईंपछि एकजना पूर्व बेलायती सैनिक पेडी रोय बेट्सले फोर्ट रोग्समा आफ्नो पकड जमाए । मुरले जस्तै बेट्सले पनि यहाँबाट अवैध रेडियो नै सञ्चालन गर्ने विचार त गरेका थिए तर, उनको रेडियो कहिल्यै अन एअर भएन । त्यसपछि फोर्ट रोग्स भत्काउनका लागि त्यहाँ केही बेलायती कामदार त आएका थिए तर, बेट्सका छोरा माइकलले बन्दुक पड्काएर उनीहरूलाई त्यहाँबाट धपाए । यस घटनापछि बेट्सले त्यसलाई बेग्लै देश बनाउने विचार गरे ।

त्यसैअनुसार संविधान, राष्ट्रगान, झण्डा इत्यादिको व्यवस्था गरी उनले फोर्ट रोग्सलाई सिल्याण्ड नामक बेग्लै देश घोषणा गरे र आफूले आफैँलाई राजकुमार रोय घोषणा गरे । बेलायतले त्यसको विरोध ग¥यो । तर, फोर्ट रोग्स अन्तर्राष्ट्रिय समुद्रमा रहेकाले बेलायतले त्यसको औचित्य पुष्टि गर्न सकेन ।

सन् १९६८ मा रेडियो क्यारोलाइनले केही भाडाका लडाकु जम्मा पारेर सिल्याण्डमाथि आक्रमण ग¥यो । तर बेट्स र उनका सहयोगी मिलेर पेट्रोल बम र हवाई फायर गरेर सिल्याण्डमाथिको आक्रमण विफल पारे ।

गजबको घटना त सन् १९७८ मा घट्यो । जतिबेला सिल्याण्डको प्रधानमन्त्री घोषित जर्मन नागरिक अलेक्जेन्डर अशेनबाखले राजकुमार पेडी रोय बेट्स र राजकुमारी जोआना बेलायतमा रहेका बेला केही जर्मन र डच भाडाका लडाकु जम्मा पारेर सिल्याण्डमाथि सैनिक आक्रमण गरे ।

उनीहरुले सिल्याण्डका राजकुमार पेडी रोय बेट्सका छोरा माइकललाई बन्दी समेत बनाएका थिए । तर, माइकलले बहादुरीपूर्वक लडेर आक्रमणकारी लडाकुले आत्मसमर्पण गर्न बाध्य पारे । जर्मन नागरिक अशेनबाखले देशद्रोह गरेको फैसला गर्दै ३५ हजार अमेरिकी डलर जरिवाना तिर्न लगाइयो । त्यसयता सिल्याण्ड शान्त छ । सन् २०१२ मा राजकुमार पेडी रोय बेट्सको निधनपछि उनका छोराले सिल्याण्डको राजकुमार भएर शासन गरिरहेका छन् ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ३ : ३० बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका