जिल्ला स्वास्थ्य कार्यालय पाल्पाकी नर्स पौडेल विरुद्ध भ्रष्टाचारको अरोप | Khabarhub Khabarhub

जिल्ला स्वास्थ्य कार्यालय पाल्पाकी नर्स पौडेल विरुद्ध भ्रष्टाचारको अरोप


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला स्वास्थ्य कार्यालय पाल्पाकी नर्स कल्पना पौडेल विरुद्ध भ्रष्टाचारको अरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका कार्यरत पब्लिक हेल्थ छैटौं तहकी नर्स पौडेलले नक्कली बिल भरपाई पेश गरी सरकारी रकम भ्रष्टाचार गरेको भन्दै अख्तियारले विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

नर्स पौडेलले परिवार नियोजन शिविर सञ्चालन गर्ने क्रममा परिवार नियोजनको बन्ध्याकरण शिविरमा आवश्यक सरसामान ढुवानी गर्ने, ग्राहक लिन र पुर्‍याउन जाने प्रयोजनका लागि गाडी भाडामा प्रयोग गरी ८१ हजार को फर्जि भरपाई गरेको अख्तियारको ठहर छ ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन अनुसार नर्स पौडेललाई ८१ हजार विगो असुलउपर गर्नुपर्ने मागदावी गर्दै विशेष अदालतमा आज आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  ५ : ०२ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन