अब नेपालमै विद्युतीय सवारीसाधन बन्ने, रुपन्देहीमा ‘एसेम्बल प्लान्ट’ सञ्चालन गर्दै सुन्दर यातायात | Khabarhub Khabarhub

अब नेपालमै विद्युतीय सवारीसाधन बन्ने, रुपन्देहीमा ‘एसेम्बल प्लान्ट’ सञ्चालन गर्दै सुन्दर यातायात

५ महिनाभित्र प्लान्ट सञ्चालनमा आउने



काठमाडौं– पछिल्ला समय नेपालमा विद्युतीय सवारी साधनको निकै चर्चा हुन थालेको छ । चर्चा मात्र होइन, माग समेत बढेको छ । प्रयोगकर्ता पनि बढिरहेका छन् ।

नेपालभर गुड्ने सवारीसाधन बाह्य मुलुकबाट मगाउनुपर्ने अवस्था छ । पूर्वाधारको उचित व्यवस्था नहुँदा चर्को भन्सार तिरेर सवारीसाधन भित्र्याउनुपर्ने समस्या रहेको छ ।

तर त्यो समस्यालाई समाधान गर्न सुन्दर यातायात प्रालिले एसेम्बल प्लान्ट स्थापना गर्ने भएको छ । त्यसो त पछिल्लो समय नेपालमा स्वदेशी र विदेशी कम्पनीले गाडी एसेम्बल गर्ने प्लान्ट स्थापना गर्न निकै चासो समेत दिन थालेका छन् ।

नेपालमा विद्युतीय सवारी साधनको एसेम्वल प्लान्ट स्थापना गर्नका लागि सुन्दर यातायात प्रालीले रुपन्देहीमा प्लान्ट स्थापनाको काम शुरु गरेको छ ।

चीनको सिचुवान गुहाङ अटोमोवाइल्स, बीएके कम्पनी र नेपालको सुन्दर अटो इन्जिनियरिङ प्रालिको सहकार्यमा नेपालमा विद्युतीय सवारी साधन उत्पादन गर्न लागिएको हो ।

विद्युतीय सवारी सञ्चालनमा चासो बढ्दैगएपछि चीनको सेचुवान गुहाङ अटोमोबाइल्स् कम्पनीले प्लान्ट स्थापना गर्ने प्रक्रिया अघि बढाएको हो ।

नेपालमा विद्युतीय एसेम्बल प्लान्ट स्थापना गर्न कतिको सम्भव छ भनि अध्ययन गर्नका लागि चिनियाँ टोली यही मंसिर १० गते काठमाडौं आएको थियो ।

नेपाल र चीनको टोलीले अध्ययन गरी प्लान्ट स्थापनाका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, लगानी बोर्ड र अर्थ मन्त्रालयसँग छलफल गरी सहमतिका साथ काम अघि बढाएको सुन्दर यातायात कम्पनीका सञ्चालक भेषबहादुर थापाले खबरहबलाई जानकारी दिए ।

५ महिनाभित्र एसेम्बल प्लान्ट

प्रदेश नम्बर ५ स्थित रुपन्देही सीमा क्षेत्रबाट सेन्टर समेत पर्ने भएकाले सोही स्थानमा प्लान्ट खोल्न लागेको थापाले बताए ।

५ नम्बर प्रदेश सरकारका मुख्यमन्त्रीको को उपस्थितमा प्लान्ट निर्माणको उद्घाटन तयारी रहेको छ ।

प्लान्टका लागि रुपन्देहीको मोतीपुर र तिरोतमा दुई स्थान प्रस्तावित भएका छन् । उनका अनुसार प्रदेश सरकारले प्रस्तावित एक ठाउँको नाम दिएसँगै कम्पनीले प्लान्ट स्थापनाका लागि कार्यालय निर्माण गर्ने भएको छ ।

‘स्थान स्वीकृत भएको ३ देखि ४ महिनाभित्र हामीले भौतिक संरचना निर्माण गर्छौं’ खबरहबसँग कुरा गर्दै उनले भने ‘प्लान्ट निर्माण गरेको केही समयपश्चात हामीले उत्पादन सुरु गर्छौ ।’

१ अर्ब लगानीमा प्लान्ट निर्माण

थापाकाअनुसार प्लान्ट निर्माणका लागि १२ विघा क्षेत्रफल चाहिने छ ।

‘कुल १ अर्ब लगानी लाग्नेछ’ खबरहबसँग कुरा गर्दै उनले भने, ‘भौतिक संरचना हामीले बनाउँछौं बाँकी काम चिनियाँ कम्पनीले नै गर्नेछ ।’

पछिल्लो समय विश्वभर नै विद्युतीय सवारीसाधनको प्रयोग र माग बढिरहेका बेला कम्पनीले नेपालमै पहिलो पटक विद्युतीय सवारीसाधन एसेम्बल गर्न प्लान्ट निर्माण सुरुवात गर्न लागेको हो ।

‘प्लान्ट स्थापना गरेपछि कम्पनीले पार्टपुर्जा आयत गरी नेपालमै विद्युतीय सवारी साधन उत्पादन गर्नेछ’ खबरहबसँगको कुराकानीमा उनले भने ‘यसले विद्युतीय सवारीसाधन उत्पादन र सञ्चालनमा समेत टेवा पुग्नेछ ।’

नेपालका विभिन्न सहरहरुमा विद्युतीय बस सञ्चालन गर्ने तयारी गरेको सुन्दर यातायात प्रालीले विद्युतीय बसहरु चीनको सेचुवान गुहाङ अटोमोबाइल्स् कम्पनीबाट नेपाल भित्रिरहेका छन् ।

काठमााडौं विद्युतीय बस सञ्चालन गरिरहेको सुन्दर यातयातले अब बुटवलमा पनि विद्युतीय बस सञ्चालनमा ल्याउने तयारी गरिरहेको थापाको भनाइ छ ।

हाल काठमाडौंमा सुन्दरका ४ वटा बस सञ्चालन भइरहेका छन् ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  २ : २२ बजे

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बिहार आसपासमा

एसीसी प्रिमियर कप : सेमिफाइनलमा यूएईविरुद्ध भिड्दै नेपाल

काठमाडौं – एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल आज यूएईसँग भिड्दैछ।

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख ७ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार