श्रम सम्झौता गर्न किन अटेर गर्दैछन् कतार र ओमन ? | Khabarhub Khabarhub

श्रम सम्झौता गर्न किन अटेर गर्दैछन् कतार र ओमन ?


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-कतार र ओमानसँग श्रमिक आपूर्ति गर्ने विषयमा सरकारीस्तरमा श्रम सम्झौता गर्ने सम्पुर्ण प्रक्रिया ५ महिनाअघि नै टुंगिएपनि सम्झौताको प्रक्रिया अघि बढेको छैन ।

यी दुई देशसँग श्रम सम्झौतापत्रमा हस्ताक्षर गर्ने मात्र बाँकी रहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको दाबी छ ।

गत चैत महिनादेखि नै कतारसँग श्रम सम्झौता नवीकरण गर्ने श्रम मन्त्रालयले बताउदै आएपनि हालसम्म पुर्णता पाएको छैन । त्यस्तै, ओमनसँग पनि गत आर्थिक वर्षदेखि नै श्रम सम्झौता गर्नका लागि विभिन्न चरणमा छलफल भएका थिए ।

दुवै देशका सम्बन्धित मन्त्रालयका प्रविधिक कमिटिको छलफलबाट श्रम सम्झौताका लागि सम्पुर्ण प्रक्रिया टुंगिएपनि हालसम्म सम्झौताको मिति तय हुन सकेको छैन । जसका कारण दुवै देशबीच हुने भनिएको श्रम सम्झौताको विषय अन्यौलमा परेको छ ।

नेपाली कामदारका लागि वैदेशिक रोजगारीको आकर्षक गन्तव्य मुलुक कतारसँग यसअघि सन् २००५ मा श्रम सम्झौता भएको थियो । तर, यो सम्झौताले नेपाली कामदारको सुरक्षाका विषय समेट्न नसकेकाले सरकारले कतारसँग पुनः नयाँ श्रम सम्झौता गर्ने प्रक्रिया अघि बढाएको थियो ।

यस्तै ओमनसँग पनि श्रम सम्झौताका लागि सवै प्रक्रिया टुंगिएपनि कहिले श्रम सम्झौतामा हस्ताक्षर गर्ने भन्ने विषय अनिश्चत भएको छ । दुवै देशका प्रविधिक कमिटिले श्रम सम्झौताको मिति तय गर्ने निर्णय भएपनि हालसम्म दुवै देशले श्रम सम्झौता पत्रमा हस्ताक्षर गर्न चासो देखाएका छैन । जसका कारण दुवै देशसँग श्रम सम्झौता हुने विषय ओझेलमा परे जस्तै भएको छ ।

दुवै देश तर्किदै

कतार र ओमन दुवै देश नेपालसँग श्रम सम्झौता पत्रमा हस्ताक्षर गर्न आलटाल गर्न थालेको श्रममन्त्रालयका एक अधिकारीले बताए । दुवै देशले श्रम सम्झौतामा हस्ताक्षर गर्ने विषयमा सहमति जनाएपनि सम्झौतापत्रमा हस्ताक्षर गर्ने विषयमा अहिले चासो नै नदिने गरेको उनले जानकारी दिए ।

कतारले नेपालमा कतारी भिसा सेन्टर सञ्चालन गरेदेखि श्रम सम्झौतापत्रमा हस्ताक्षर गर्न पनि चासो नलिएको र कतारले भिसा सेन्टर खोलेपछि श्रम सम्झौता गर्ने सर्त राखेको ती अधिकारीले बताए ।

‘श्रम मन्त्रालय श्रम सम्झौता नवीकरण गरेमात्र भिसा सेन्टर खोल्न दिने अडान राख्दै आएको थियो । तर, परराष्ट्र मन्त्रालयले भिसा सेन्टर खोल्न अनुमति दिएपछि कतारले श्रम नवीकरण गर्ने विषयमा चासो नै दिन छाडेको छ । जसका कारण श्रम नवीकरण कहिले हुने भन्ने विषयमा अहिले छलफल नै हुन छाडेको छ,’ उनले भने ।

ओमन पनि कतार जस्तै गरी तर्किन थालेको उनको भनाई छ । ‘ओमनले पनि श्रम सम्झौतापत्रमा हस्ताक्षर गर्न खासै चासो देखाएको छैन । प्रविधिक कुराहरु बसै मिलेका छन् । प्राय सबै विषयमा सहमति भइसकेको छ । पछिल्लो समय श्रम मन्त्रालयले परराष्ट्र मन्त्रालय र ओमनमा रहेका दूतावासमार्फत श्रम सम्झौताका लागि पहल गर्दा वेवास्ता गदै आएको छ,’ उनले भने ।

दुवै देशसँग कामदारको मानव अधिकार, नेपाली श्रमिकको लागत खर्च रोजगारदाताले ब्यहार्ने, कार्यस्थलको सुरक्षा, न्यायमा सहज पहुँच, सामाजिक सुरक्षा कोष र अन्तर्राष्ट्रिय श्रम ऐनअनुसार सेवा सुविधा दिने विषयमा सहमति भएको श्रम मन्त्रालयले जानकारी दिएको छ ।

श्रम मन्त्री परिवर्तनले सम्झौतामा धकेलियो

सरकारले श्रम मन्त्री परिवर्तन गरेका कारण श्रम सम्झौताको मिति तय गर्न समस्या भएको छ । नेपालमा रहेका विदेशी कुटनीतिक नियोगका राजदूतले एउटा मन्त्रीसँग सम्झौताका लागि छलफल गरेका हुन्छन् ।

त्यो मन्त्री परिवर्तन भएपछि अर्को मन्त्रीका बारेमा जान्न कम्तिमा एक महिना लाग्छ । जसका कारण पनि श्रम सम्झौता जस्ता विषयमा समस्या हुने गरेको श्रम मन्त्रालयका एक अधिकारीले बताए । श्रम मन्त्रालयमा आएका नयाँ मन्त्रीलाई बुझ्न समय लाग्ने भएकाले यो विषय अन्यौलमा परेको हुनसक्ने उनको बुझाई छ ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  १२ : ३१ बजे

इजरायल–इरानबीच तनाब बढ्यो : इरानमाथि आक्रमण सुरु

काठमाडौं– पछिल्लो साता अरबका दुई मुलुक इजरायल र इरानबीच तनाव

बेनीमा कृषि बजारको भवन निर्माण सुरु

म्याग्दी– जिल्लाको सदरमुकाम बेनी बजारमा कृषि बजार निर्माण निर्माण सुरु

खेलकुद परिषद्को सर्कुलरले हच्किए सङ्घ अध्यक्ष

काठमाडौं – शनिबार ललितपुर सातदोबाटोमा नेपाल पौडी सङ्घको चुनावी साधारण

विपिन जोशीका परिवारले भेटे प्रधानमन्त्रीलाई 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन जोशीको

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ जनाको मृत्यु 

दोलखा– दोलखाबाट बिहे लिएर सिन्धुपाल्चोक जाँदै गरेको बस दुर्घटना हुँदा