झापाको चन्द्रगढी विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाइने | Khabarhub Khabarhub

झापाको चन्द्रगढी विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाइने


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- झापाको चन्द्रगढी विमानस्थललाई अन्तर्राष्ट्रिय उडानसहितको क्षेत्रीय विमानस्थलका रूपमा विकास गरिने भएको छ।

यसको विस्तृत गुरुयोजना बनिसकेको र गुरुयोजनाअनुसार काम शुरु भएको समेत बताइएको छ । विमानस्थलको स्तरोन्नति र विकासका लागि कम्तीमा थप एक सय बिघा जमिन आवश्यक पर्ने गुरुयोजनामा उल्लेख छ।

चन्द्रगढी विमानस्थलको स्तरोन्नतिका लागि भइरहेको काम र यसको गुरुयोजनाको विषयमा मङ्गलबार झापाको विर्तामोडमा छलफल भएको छ । गुरुयोजना सार्वजनिकसहितको छलफलमा सहभागी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले यस विमानस्थललाई सुविधा सम्पन्न बनाउन कुनै कसर नराखिने प्रतिबद्धता जनाए।

अहिले मुलुकभरका विमानस्थलको स्तरोन्नति भइरहेको जनाउँदै उनले त्यसमा यो पनि परेको बताए । जग्गा अधिग्रहणलगायतका विषयमा भएका समस्या हल गरेर सबै यसमा लाग्नु पर्छ, उनले भने। विमानस्थलको स्तरोन्नति र विकासले यस क्षेत्रको विकासमा सहयोग पुग्ने भन्दै यसको विरोध एवं असहयोग नगर्न उनको आग्रह थियो ।

मन्त्री भट्टराईले आगामी दस वर्षभित्रमा नेपालको नागरिक उड्डयन क्षेत्र विश्वस्तरीय बन्ने दाबी पनि गरे। नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक राजन पोखरेलले झापाको चन्द्रगढी विमानस्थलको स्तरोन्नति र विकासका लागि जग्गा व्यवस्थापन सबैभन्दा महत्त्वपूर्ण पाटो भएको बताए ।

गुरुयोजनाअनुसार काम गर्न जग्गा अधिग्रहणको काम चाँडो अगाडि बढाउनुपर्ने उनको भनाइ छ। झापा कारागार, जिल्ला प्रशासन कार्यालयलगायतका सरकारी कार्यालयहरू रहेको स्थान विमानस्थलका लागि आवश्यक हुने उनले बताए।

यसअघि नेपाली सेनाको ब्यारेकसमेत हटाउन बारम्बार प्रयास हुँदै आएको छ । केही सरकारी महत्त्वपूर्ण संरचनाहरू अहिले विमानस्थल विस्तारका लागि बाधक बन्न सक्ने भएकाले यसको व्यवस्थापन गर्न आवश्यक रहेको पोखरेलले बताए।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  ७ : ३३ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०