कामदार ठग्ने १९६ म्यानपावर बन्द (सूचीसहित) | Khabarhub Khabarhub

कामदार ठग्ने १९६ म्यानपावर बन्द (सूचीसहित)


२० फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीमा जाने नेपाली कामदारलाई ठग्ने १९६ म्यानपावर कारबाहीमा परेका छन् । रोजगारको प्रलोभन देखाएर विभिन्न देशमा अलपत्र पार्ने म्यानपावर कम्पनीको ईजाजत सरकारले बन्द गरेको हो ।

वैदेशिक रोजगारीमा कामदार पठाउदाँ ठगी गर्ने तथा अलपत्र पर्ने नेपालीको संख्या बढ्न थालेपछि सरकारले नियमनमा कडाई गर्न थालेको हो । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार अर्थिक वर्ष २०६५/६६ पछि ठगी गर्ने १ सय ९६ म्यानपावर कम्पनी बन्द भएका छन् ।

पटक-पटक कारबाहीमा परेका, कम्पनी दर्ता गरेर नवीकरण समयमा नगर्ने, वैदेशिक रोजगारीमा कामदार पठाएर विदेशमा अलपत्र पार्ने र रोजगारदाता देशमा समस्यामा परेका श्रमिक समयमा उद्धार नगर्ने म्यानपावर कम्पनीको इजाजत नै खारेज गरेको विभागले जनाएको छ।

चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा ८० भन्दा बढी म्यानपावर कम्पनी खारेज गरेको विभागको तंथ्याकमा उल्लेख छ । विभागले बन्द गरेका म्यानपावर कम्पनीका नाममा कसैले कारोबार गरेको पाइएमा कडा कानूनी कारबाही हुने वैदेशिक रोजगार विभागका महानिर्देशक दिलिप कुमार चापँगाईले बताए ।

बन्द म्यानपावरका सञ्चालकलाई अर्को कम्पनी चलाउन पनि प्रतिबन्द लगाएको उनले बताए । ‘राज्यले रोजगारीका नाममा धेरै विकृति मच्चाउने म्यानपावरमाथि निगरानी गरिरहेको छ । वैदेशिक रोजगार ऐन विपरित काम गर्ने म्यानपावरलाई कानूनी कारबाही हुन्छ,’ उनले भने, ‘पछिल्लो समय विभागले द्रुतगतिमा काम गरिरहेको छ । रोजगार पीडितले दिएको उजुरीका आधारमा म्यानपावरमाथि अनुगमन गरिरहेको छ।’

विभागले जिल्ला तहका प्रहरी कार्यालयसँग सहकार्यमा गरेर वैदेशिक रोजगारीका उजुरी सकंलन गरिरहेको उनको भनाइ छ । ‘विभागले पछिल्लो समय पीडितको उजुरीको आधारमा तत्काल अथवा एकै दिनमा मुद्दाको सुनुवाइ गर्दै आएको छ,’ महानिर्देशक चापगाईंले भने, ‘विभागले पछिल्लो समय व्यक्तिगत र संस्थागत मुद्दालाई छुट्याएर हेर्न थालिएको छ । रोजगारीका नाममा भइरहेको ठगीलाई रोक्न विभागले सूचना प्रवाह गर्ने योजना छ ।’

विभागमा म्यानपावर कम्पनीमार्फत ठगिएको भन्दै दैनिक १० जनाभन्दा धेरै कामदार उजुरी लिएर आउने गरेका छन् । गएको केही वर्षयता यूरोप र विकासित मुलुकको रोजगारीमा पठाइदिने प्रलोभन देखाएर म्यानपावर कम्पनी र तिनका प्रतिनिधि एजेन्टले ठूलो रकम ठगी गर्दै आएका छन् ।

कतिपय म्यानपावर कम्पनीले आफूले विभागमा राखेको धरौटीभन्दा धेरै रकम ठगी गरेको उजुरी विभागमा दर्ता भएका छन् । वैदेशिक रोजगार ऐनमा ३ पटकसम्म कामदारलाई ठगी गर्ने म्यानपावर कम्पनीका नाममा दर्जनभन्दा बढी उजुरी पर्ने गरेका छन् । विभागमा चालु आर्थिक वर्षका सात महिनामा व्यक्तिगततर्फका ६ सयभन्दा धेरै मुद्दा दर्ता भएका छन् । म्यानपावरका नाममा ७ सयभन्दा धेरै उजुरी विभागमा दर्ता भएका छन् ।

आर्थिक वर्ष शुरु भएको सात महिनाभित्र रोजगारीका नाममा कामदारलाई दुःख दिने र ठुलो आर्थिक ठगी गर्ने १ सयवटा म्यानपावर कम्पनीको कामकारवाही रोक्का गरेर कारवाहीको दायरामा ल्याएको विभागले जानकारी दिएको छ ।

पछिल्लो समय म्यानपावर कम्पनीले विभिन्न देशमा कामदार पठाएर अलपत्र पार्दै आएका छन् । उनीहरुको समयमै उद्धार नहुँदा समस्यामा पर्नेको संख्या पनि बढ्दो छ। विभिन्न म्यानपावर कम्पनी, बिचौलिया र एजेन्टमार्फत विदेशमा गएर दुःख पाएकालाई सरकारले विदेशस्थित कुटनीतिक नियोगको सहयोगमा उद्धार गर्दै आएको छ ।

बन्द १९६ म्यानपावरको सूची

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार  ९ : ५९ बजे

सत्ता गठबन्धनलाई माधवको चेतावनी : हामी कसैको दास होइनौँ 

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले

ओलीको प्रतिवेदन : विचार मिल्नेहरू माझ सहकार्य आवश्यक  

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुख्य प्रश्नहरूमा न्यूनतम

इलाम पुगेर गगनले भने- गठबन्धनले माघ कटाएछ भने फेरि जवाफ दिन आउनेछु

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धन लामो समय

एमालेको प्रतिनिधि परिषदमा प्रस्तुत ६ प्रतिवेदनहरू

काठमाडौं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक चलिरहेको छ

हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय

बेनी– अष्ट्रेलियका पिटर जेटी हल सन् १९९३ मा पहिलो पटक