पोखरामा पुनः प्याराग्लाइडिङ दुर्घटना, दुई जना घाइते | Khabarhub Khabarhub

पोखरामा पुनः प्याराग्लाइडिङ दुर्घटना, दुई जना घाइते


२० फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– पोखरामा पुनः सोमबार प्याराग्लाइडिङ दुर्घटना हुँदा दुई जना विदेशी नागरिक घाइते भएका छन् । कास्कीका छुट्टाछुट्टै ठाउँमा दुई वटा प्याराग्लाइडिङ दुर्घटना भएका हुन् ।

माछापुच्छ्रे गाउँपालिकाको ठाँटीमा बिजुलीको खम्बामा ठोक्किएर घाइते भएका पोल्याण्डका ३० वर्षीय जानुज कारोलको एउटा हात जलेको बताइएको छ । उनको पोखरास्थित मणिपाल अस्पतालमा उपचार भइरहेको छ । उनी पोखराको ब्लु स्काइ कम्पनीबाट अनुमति लिएर उडेका थिए ।

त्यस्तै अर्का विदेशी प्याराग्लाइडर ६३ वर्षीय रुसी इलगिज यागुदिन भने कास्कीकै मादी गाउँपालिकाको शिरखानीमा दुर्घटनामा परेका थिए । उनी रूखमा अड्किएका थिए । उनलाई स्थानीयवासीले उद्धार गरेका छन् । उनको अवस्था भने सामान्य रहेको छ ।

पोखरामा आइतबार मात्रै प्याराग्लाइडिङ्ग दुर्घटना हुँदा एक रोमानियालीको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार  ७ : ३४ बजे

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक

१६ औं योजना : महिला तथा बालबालिका कति प्राथमिकतामा ?

काठमाडौं – राष्ट्रिय योजना आयोग १६औं आवधिक योजना सार्वजनिक गर्ने