हेलिकप्टर दुर्घटना ४ अमेरिकीसहित ५ जनाको मृत्यु | Khabarhub Khabarhub

हेलिकप्टर दुर्घटना ४ अमेरिकीसहित ५ जनाको मृत्यु


२० फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– केन्याको उत्तर पश्चिममा हेलिकप्टर दुर्घटना हुँदा चार अमेरिकी पर्यटक र एक जना केन्यन पाइलटको मृत्यु भएको छ ।

इथियोपियाको सीमानजिक केन्याको टुर्काना तालमा रहेको सेन्ट्रल आइल्याण्ड राष्ट्रिय निकुञ्जमा हेलिकप्टर दुर्घटनामा परेको हो । दुर्घटनाग्रस्त हेलिकप्टरमा सवार सबै ५ जनाको मृत्यु भएको केन्याको प्रहरीले ट्विटरमार्फत् जानकारी दिएको छ ।

दुर्घटनाको कारणबारे हालसम्म स्पष्ट हुन नसकेको बताइएको छ । अमेरिकी अधिकारीले दुर्घटनामा ४ जना अमेरिकी नागरिकको मृत्यु भएको पुष्टि गरेको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार  ५ : १९ बजे

खोटाङमा बनबाट डढेलो बस्तीमा पस्दा १३ घर जले, ११ परिवारको बिचल्ली

वनमा लागेको डढेलो बस्तीमा पस्दा खोटाङको बाराहापोखरी गाउँपालिका-१ मा कम्तीमा

१० वर्षमा विदेशी लगानीका ५० उद्योग दर्ता, सिमेन्टमा ६० अर्ब लगानी

नेपालमा वैदेशिक लगानी भित्रिन सुरु भएको ७ दशक बढी भइसकेको

प्रचण्डसँग बाबुरामको आक्रोश, भने : गोरखा २ छोडिदिएर गम्भीर गल्ती गरेछु

काठमाडौं- नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले

पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहनको २५औँ स्मृति दिवस मनाइयो

काठमाडौं– नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २५औँ स्मृति दिवस

पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट

पर्वत– यहाँका विभिन्न वन–जङ्गलमा डढेलो लाग्ने क्रम रोकिएको छैन ।