पशुतपतिनाथ दर्शन : कति सहज, कति असहज ? | Khabarhub Khabarhub

पशुतपतिनाथ दर्शन : कति सहज, कति असहज ?


२० फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पशुपतिनाथ मन्दिर परिसरमा अन्य दिनका तुलनामा आज बढी नै भीड छ । काठमाडौं र आसपासका जिल्लाबाट आएका भक्तजनले पूजा गर्न बिहानैदेखि पालो कुरेर बसेका छन् । कोही पूजा गरेर फर्किँदै छन् ।

मन्दिरमा दर्शन गरेर फर्किनेहरुको अनुहारमा खुशी छ । बिहानैदेखि पूजाका लागि लाइन लागेका भक्तजनहरुको मुहारमा भने ‘पालो कतिखेर आउला ?’ को भाव स्पष्ट देखिन्छ ।

भक्तजनको भीड यति लामो छ कि, कुनै लाइन मिलाउन खटिएका स्वयंसेवक र प्रहरीलाई पनि हम्मे पर्छ । तथापि, बिहानैदेखि लाइनमा बसेका भक्तजनहरुले भीडमै पनि रमाइलो गर्न भ्याएका थिए । बिरलै देख्न पाइने यति लामो लाइनले वातावरणलाई रोचक पनि बनाइदिएको थियो । कोही सेल्फी खिच्न त कोही नाचगानमा रमाएका थिए ।

सोमबार दिउँसोसम्म मन्दिर दर्शनका लागि आउने र फर्कर्नेको सङ्ख्या लगभग समान थियो ।

कपनकी शकुन्तला निरौला भन्दै थिइन्, ‘बिहानैदेखि लाइन लागेँ, मित्रपार्कबाट लाइन बसेको अघि भर्खरै दर्शन गर्ने पालो आयो ।’

उनलाई झण्डै दुई घण्टा लाइन लाग्नुपरेको थियो । तर उनलाई पशुपतिनाथ परिसरको रौनकले लाइन लाग्दा पनि रमाइलो लागिरहेको थियो । उनले फिस्स हाँस्दै सुनाइन्, ‘लाइन लाग्नुपर्दा पनि खै मलाई त रमाइलै लाग्यो ।’

‘परिवारले नै भगवानप्रति विश्वास राख्नुपर्छ , शिवजी त झन् संसारकै भक्त हुनुहुन्छ ।’, उनले थपिन् ।

दर्शन गर्न आउने भक्तजनको चाप बढी नै भए पनि विगतका वर्षहरुका तुलनामा यस वर्ष सहज भएको दर्शनार्थीहरु बताउँछन् ।

मन्दिर परिसरमा साधुहरु पनि लस्करै बसिरहेका थिए । साधुहरु एकै स्वरमा भन्दै थिए – जय शम्भो !

‘बाबा’हरुले भक्तजनसँग ‘जय शम्भो’ को लयमा दक्षिणा मागिरहेका थिए ।

आजका लागि पशुपतिनाथमा भक्तजनहरुलाई पशुपतिनाथको चारवटै ढोका खुला गरिए पनि घुइँचो भने घटेको थिएन । स्वयंसेवकहरुले भक्तजनहरुलाई सहज बनाउने प्रयास गरिरहेका थिए । यता कतिपय भक्तजनको गुनासो भने ‘लाइन नसरेको’ थियो ।

बिहानैदेखि भक्तहरुको लाइन भने हेर्नलायकको थियो । जय बागेश्वरीदेखि चाबहिल पीपलबोटसम्मको लाइन पनि हेर्नलायक थियो ।

रमाइलो त के थियो भने यता गौरीघाट हुदैँ मन्दिर प्रवेश गर्ने लाइन गुह्वेश्वरी पुगेको थियो । उता पिंगलास्थान, सुमारी–भवन, उमाकाण्ड हुँदै मन्दिर प्रवेश गर्ने लाइन पनि एयरपोर्ट छेउसम्मै पुगेको थियो ।

सुरक्षाका लागि खटिएका प्रहरीहरु चाबहिल, मित्रपार्क, बागेश्वरी, गौशला, तिलगंगा, एयरपोर्टसम्मै खटिरहेका थिए ।

दर्शनार्थीलाई सहज बनाउनका लागि बिहान ३ बजेबाट चारैवटा ढोका खुल्ला राखिएको थियो । भक्तजनहरु सबेरैदेखि दर्शनका लागि आइरहेका थिए ।

पशुपति क्षेत्र विकास कोषले शारीरिक रुपमा अशक्त र जेष्ठ नागरिकलाई पूजा गर्न लाइन लाग्नु नपर्ने व्यवस्था मिलाएको थियो । जसका कारण बूढाबूढी तथा अशक्तलाई पूजा गर्न सहज भएको थियो ।

शारीरिक अशक्त रोशनी श्रेष्ठ नुवाकोटदेखि शिवको दर्शन गर्न पशुपतिनाथ आएको बताउँदै थिइन् ।

‘स्वास्थ्य राम्रो होस् भनेर व्रत बसेकी हुँ, अशक्त व्यक्तिका लागि लाईन बस्नु नपर्ने व्यवस्था रहेछ, त्यसैले सीधै मन्दिर आउन पाइयो ।’, रोशनीले खुशी व्यक्त गरिन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार  ४ : १४ बजे

बिहारको एक होटलमा आगलागी हुँदा ६ जनाको मृत्यु

काठमाडौं– भारतको बिहार राज्यको पटनामा एक होटलमा आगलागी हुँदा ६

नक्कली भुटानी शरणार्थी प्रकरण : थुनामा रहेका प्रतिवादीको निवेदनमाथि सुनुवाइ सकियो

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका टोपबहादुर रायमाझी सहितका

समाजवादीका नेता विजय पौडेलले डुबाए माइलस्टोन सहकारी

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) उपमहासचिव डा. विजयकुमार पौडेल संस्थापक

बागमतीमा बोलिने सबै भाषाभाषीको संरक्षण हुन्छ : मन्त्री श्रेष्ठ

सिन्धुली– बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन

वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी, दुई जना पक्राउ 

काठमाडौं– बेरोजगार युवायुवतीलाई वैदेशिक रोजगारीमा पठाउने भनी आकर्षक तलबको प्रलोभनमा