सेना दिवसको दिन टुँडिखेलमा जे देखियो (फोटोफिचर) | Khabarhub Khabarhub

सेना दिवसको दिन टुँडिखेलमा जे देखियो (फोटोफिचर)


२० फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महाशिवरात्री तथा सेना दिवसका अवसरमा नेपाली सेनाले सैनिकमञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरेको छ ।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले त्यहाँस्थित वीर स्मारकमा पुष्पहार चढाई श्रद्धाञ्जली अर्पण गर्नुका साथै नेपाली सेनाद्वारा अर्पण गरिएको सलामी ग्रहण गरिन् ।

समारोहमा सेनाले राइफल र तोपबाट महाशिवरात्री आरम्भ गर्नुका साथै बडाइ कवाज प्रस्तुत गरेको थियो ।

मार्चपास, सैनिक र नेपाली परम्परागत भेषभूषा झल्कने विविध कला, नृत्य र सङ्गीतको धुन प्रदर्शन गरेको थियो । सैनिक मञ्चमा नेपाली सेनाको व्यावसायिक कार्यकुशलतालाई झल्काउने केही सैनिक कौशलसमेत प्रस्तुत भएको थियो ।

सो अवसरमा सैनिक हवाई महानिर्देशनालयको हेलिकप्टरबाट ब्यानर प्रदर्शन र हेलिकप्टर प्रदर्शनसमेत गरिएको थियो । सेना दिवसको उपलक्ष्यमा त्यहाँ सैनिक व्याण्डबाट व्याण्ड डिस्प्ले समेत प्रस्तुत गरियो ।

समारोहमा नेपाली सेनाले प्रयोग गर्दै आएका विभिन्न खालका सवारी साधन र हातहतियारको समेत प्रदर्शन गरिएको थियो ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली , सभामुख, राष्ट्रियसभाका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो । त्यस्तै उपप्रधानमन्त्री, मन्त्रीहरु, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख लगायतको पनि उपस्थिति थियो ।

नेपाली सेनाले २०४७ सालदेखि महाशिवरात्रीको दिनलाई सेना दिवसका रुपमा मनाउँदै आएको छ ।

तस्वीरहरु– कृष्ण खत्री

सेना दिवस : भिडियोमा जे देखियो

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार  २ : २० बजे

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी

लाकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश