विप्लप समूहका १७ कार्यकर्ता पक्राउ | Khabarhub Khabarhub

विप्लप समूहका १७ कार्यकर्ता पक्राउ


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोलखा – प्रहरीले नेत्र विक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीको जिल्ला कमिटी सदस्य रञ्जीतसिंह ठकुरीसहित १७ कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।

सिन्धुपाल्चोकको चौतारा साँगा चोकगढी नगरपालिका–१० कार्कीटारबाट गए राति एक व्यक्तिको घरमा सुतिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको हो । उनीहरुलाई राज्य विरुद्धको अपराधअनुसार मुद्दा चलाइने र थप अनुसन्धानका लागि आइतबार जिल्ला अदालतबाट १० दिनको म्याद थप भएको प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले जानकारी दिए ।

पक्राउ पर्नेमा १३ पुरुष र चार महिला छन् । उनीहरुको साथबाट सैन्य तालीम गराउने दस्तावेज, चन्दा सङ्कलनको लेटरप्याड, सरकार विरुद्धको पर्चा पम्पलेटलगायत कागजात बरामद गरिएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  ९ : ११ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६