एमबाप्पेले २ गोल गर्दा पेरिस सेन्ट जर्मन विजयी | Khabarhub Khabarhub

एमबाप्पेले २ गोल गर्दा पेरिस सेन्ट जर्मन विजयी


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– किलियन एमबाप्पेले २ गोल गर्दा फ्रान्सेली महारथी पेरिस सेन्ट जर्मन (पीएसजी) ले कानमाथि जीत हासिल गरेको छ । शनिबार राति भएको फ्रान्सेली लिग वानको खेलमा पिएसजीले कायनलाई २—१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको पीएसजीविरुद्ध लिग वानको १८ औं स्थानमा रहेको कानका कासिमिर निङ्गाले ५६ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

१ गोलले पछि परेको पीएसजीले खेलको ५९ औं मिनेटमा पेनाल्टी पाएको थियो । पेनाल्टी प्रहार गरेका स्टाइकर एमबाप्पेले पहिलो गोल गर्दै कानविरुद्ध १—१ को बराबरी गरेका थिए ।

त्यस्तै, एमबाप्पेले ८७ औं मिनेटमा गोल गर्दै टिमलाई कानविरुद्ध २—१ को जीत दिलाएका थिए । योसँगै एमबाप्पेको यो सिजनको लिगमा २४ गोल पूरा भएको छ ।

जीतसँगै पीएसजीले लिग वानमा ७१ अंकसहित दोस्रो स्थानमा ५१ अंकसहित रहेको लिल्लेभन्दा २० अंकको स्पष्ट अग्रता बनाएको छ ।

लिग वानमा जीत हासिल गरेको पीएसजी बुधबार च्याम्पियन्स लिगको अन्तिम—१६ अन्तरगर्तको दोस्रो लेग इङ्ग्लीस क्लब म्यानचेस्टर युनाइटेडसँग खेल्दैछ । यसअघि पहिलो लेगमा पीएसजीले युनाइटेडलाई २—० गोल अन्तरले पराजीत गरेको थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  १२ : ०९ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका