वैशाख भित्र पाइपबाट नेपालमा तेल « Khabarhub

वैशाख भित्र पाइपबाट नेपालमा तेल


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतबार(आज) प्रकाशित नयाँ पत्रिका दैनिकले वैशाखभित्र पाइपलाइनबाट इन्धन शीर्षकको समाचार प्रकाशन गरेको छ ।

समाचार अनुसार पाइपलाइनको काम ७० प्रतिशत सकिएको छ । ६९ किलोमिटरमा ९ किलोमिटर पाइप विछ्याउन बाँकी रहेको छ ।
समाचारमा अगाडि लेखिएको छ–

पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा रूख कटान गर्ने अनुमति पाएसँगै राष्ट्रिय गौरवको आयोजना मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माणले गति लिएको छ । एक महिनामा जंगलभित्र पनि पाइपलाइन तयार गरी आगामी वैशाखभित्र पाइपमार्फत नेपालमा तेल ल्याइने आयोजनाले जनाएको छ ।

मोतिहारी–अमलेखगन्ज पाइपलाइन निर्माण भारतीय कम्पनी निखिथा इन्फ्रास्ट्रक्चरले गरिरहेको छ । एक वर्षदेखि निर्माणमा जुटेको कम्पनीले नेपालतर्फको अधिकांश काम सकेपछि निकुञ्ज क्षेत्रमा पर्ने रूख कटानको आदेश नपाउँदा अल्झिएको थियो । वन मन्त्रालयले रूख काट्ने अनुमति दिएसँगै काम तीव्र रूपमा अघि बढेको आयोजनाले जनाएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  ६ : ५८ बजे

‘आयोजना नसकिँदासम्म प्रमुख बदल्नु हुँदैन’

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष गणेशकुमार तिमिल्सिनाले राष्ट्रिय गौरवको आयोजना समयमै सकाउन

अछाममा शिक्षा क्षेत्रका लागि डेढ अर्बभन्दा बढी बजेट

अछाम– अछामका १० वटा पालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाले

एन्फा कार्यसमिति बैठक भोलि बस्दै

काठमाडौँ- दुई पटक स्थगित भइसकेको अखिल नेपाल फुटबल संघ (एन्फा)

घरको चौघेराबाट निस्केर सहकारीको नेतृत्वमा सञ्जु

विराटनगर : विवाह भएपछि जीवनको आधा समय त्यसै बित्छ ।

स्याङ्जामा ६ हजार चार सय नयाँ मतदाता थपिए

वालिङ– स्याङ्जामा ६ हजार चार सय नयाँ मतदाता थपिएका छन्