स्थानीय तहमा ‘लूट’– मेयरले सालीलाई र उपमेयरले श्रीमतीलाई भान्से नियुक्त गरेर तलव झ्वाम ! | Khabarhub Khabarhub

स्थानीय तहमा ‘लूट’– मेयरले सालीलाई र उपमेयरले श्रीमतीलाई भान्से नियुक्त गरेर तलव झ्वाम !


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतबार(आज) प्रकाशित नयाँ पत्रिका दैनिकले स्थानीय जनप्रतिनिधिको भत्ता दैनिक १५ हजारसम्म शीर्षको समाचार प्रकाशन गरेको छ ।

समाचारमा जनाइए अनुसार महालेखापरीक्षकको कार्यालयले पहिलोपटक सम्पूर्ण स्थानीय सरकारको लेखापरीक्षण गर्र्दैछ । जसमा अथाह अनियमितता देखिएको छ ।

नयाँ पत्रिकाको समाचार अनुसार मेयरले सालीलाई र उपमेयरले श्रीमतीलाई भान्सेको नियुक्ति दिएरसमते तलब लिँदैछन् ।
फुङलिङ नगरपालिका ताप्लेजुङका पदाधिकारी तथा कर्मचारीले प्रदेश कानूनले तोकेको भन्दा बैठक यातायात र भ्रमण खर्चका नाममा १५ लाख बढी रकम लिएका छन् ।

मेयर छत्रपति प्याकुरेलले साली मथुरा श्रेष्ठलाई कार्यालय सहयोगी भनेर नियुक्त गरेका छन्् तर उनलाई घरमा भान्सेका रुपमा काममा लगाएका छन् । नगरपालिकामा उनको हाजिरीसमेत छैन । त्यस्तै उपमेयर बमबहादुर भट्टराईले पनि श्रीमती बालकुमारी भट्टराईलाई भान्से भनेर नियुक्ति दिएका छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  ६ : ५२ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६