राष्ट्रिय राजनीति : के मा स्वार्थ मिल्यो, कहाँ टकराव ? | Khabarhub Khabarhub

राष्ट्रिय राजनीति : के मा स्वार्थ मिल्यो, कहाँ टकराव ?


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘राष्ट्रिय स्वार्थमा विमति, दलीयमा एक’ शीर्षकमा आजको अन्नपूर्ण पोस्टले मुख्य समाचार छापेको छ । राष्ट्रिय राजनीतिमा देखिएको यो अवस्थालाई बुँदाबद्ध पत्रिकाले प्रस्तुत गरेको छ ।

सत्तापक्ष र प्रतिपक्षका स्वार्थ मिलेका विषय– वाइडबढी घोटाला प्रकरण, अख्तियार आयुक्त राजनारायण पाठकले घुस लिएको भिडियो, द्वन्द्वकालीम मुद्दा, राजदूतको फिर्ता – थमौती र मौलिक हकसम्बन्धी कानून निर्माण । पत्रिकाले टकरावका विषयलाई पनि उल्लेख गरेको छ– संवैधानिक परिषद् प्रमुख प्रतिपक्षविना निर्णय, विदेश नीतिमा मतभिन्नता, भेनेजुएला प्रकरणमा कित्ता र निर्मला हत्या प्रकरण । त्यसैगरी छाया सरकारमा पनि गुट शीर्षकमा पनि समाचार छापेको छ ।

त्यस्तै पत्रिकाले रहेनन् वृद्धभत्ताका योजनाकार शीर्षकमा अर्को समाचार छापेको छ । त्यस्तै पत्रिकाले नेपालको पहुँच चार–चार बन्दरगाहमा शीर्षकमा अर्को समाचार छापेको छ । छिमेकी भारत र चीनसँग बराबरको सम्बन्ध । अब नेपालले भारतका हल्दिया, विशाखपटनम, ढर्मा र मुन्द्रा तथा चीन्का तियानजिन, यिनयुंगा, सन्जेन र झानजियाङ बन्दरगाह प्रयोग गर्ने ।

कृषिजन्य वस्तु उत्पादन वृद्धि गरी मुलुकलाई आत्मनिर्भर तुल्याउनेदेखि गरिबी निवारणका नाममा दाताको ऋण÷अनुदान र नेपाल सरकारबाट प्रशस्त मात्रामा लगानी भएको उल्लेख गर्दै पत्रिकाले कृषि अनुदान पहुँचवालमै शीर्षकमा सम्पादकीय लेखेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  ६ : ३३ बजे

टोकियोका दर्शकले पलसँगै बसेर ‘पुजार सार्की’ हर्ने पाउने !

काठमाडौं– चलचित्र ‘पुजार सार्की’ जापानभर प्रदर्शनमा आउने भएको छ ।

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

केन्या– केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको

एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न नयाँ एप ल्याउने !

काठमाडौं–  धनाढ्य एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न अर्को एप लन्च

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

वैतेश्वरमा वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण 

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिकाले वडागत रूपमा नेपाल सरकारले उपलब्ध गराउँदै