अस्ताए वाम अगुवा अधिकारी, कांग्रेस किचलोमा रूमल्लिंदै | Khabarhub Khabarhub

अस्ताए वाम अगुवा अधिकारी, कांग्रेस किचलोमा रूमल्लिंदै


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अस्ताए वाम प्रजातान्त्रिक आन्दोलनका अगुवा अधिकारी शीर्षकमा आजको राजधानी दैनिकले मुख्य समाचार छापेको छ । ८२ वर्षीय नेता अधिकारीको ह्याम्स अस्पतालमा उपचारका क्रममा शनिबार राति ९ः३५ बजे निधन भएको हो ।

अधिकारीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि आइतबार विहान ९ बजेदेखि १२ बजेसम्म पार्टी कार्यालय धुम्बाराहीमा राखिने छ ।

त्यस्तै पत्रिकाले गण्डकी मेडिकल कलेजको मनपरी, अनियमित रुपमा १ अर्ब बढी असुली शीर्षकमा अर्को समाचार छापेको छ । त्रिभुवन विश्वविद्यालयले सम्बन्धन दिएको पोखरास्थित गण्डकी मेडिकल कलेजले विद्यार्थीसँग अनियमित रुपमा १ अर्ब ११ करोड रुपैयाँ बढी शुल्क असुलेको उल्लेख गरेको छ ।

त्यसैगरी, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संरचनाअनुसारको आफ्नो विधानलाई बहुमतबाट पारित गरे पनि पार्टीलाई गति दिने सवालमा किचलो देखिएको समाचारलाई ‘किचलोमा रुमल्लिँदै कांग्रेस, केन्द्रीय समिति अनिश्चित’ शीर्षकमा अर्को समाचार छापेको छ ।

त्यस्तै पत्रिकाले भित्री पृष्ठका तीन वटा समाचारलाई पनि पहिलो पृष्ठमा हाइलाइटका रुपमा राख्दै लेखेको छ ‘तोकिएभन्दा बढी मूल्यमा गुणस्तरहीन खाजा’ शीर्षकमा सिंहदरबास्थित केन्द्रीय चमेनागृहको समाचार छ । जहाँ निर्धारित मूल्यभन्दा बढीमा गुणस्तरहीन खाजा बिक्री गरिरहेको उल्लेख गरेको छ ।

अर्को सहरी विकाससम्बन्धी ममहत्वपूर्ण जिम्मेवारी बोकेको सहरी विकास मन्त्रालयमा बेथिति, अनियमितता र ढिलासुस्तीको चाङको समाचार छापेको छ भने अधिकार केन्द्रमै राख्न खोजिए न्यायालय जान बाध्य हुन्छौं शीर्षकमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भनाइलाई उल्लेख गरेको छ– ‘संविधानले नै हामीलाई अधिकार दिएको छ, कुन कानून बनाउने वा कून नबनाउने भन्ने ।’

त्यसैगरी पत्रिकाले सार्वजनिक जग्गाको अतिक्रमण हटाऊ शीर्षकमा सम्पादकीय लेखेको छ । देशभर सार्वजनिक जग्गा अतिक्रमण गर्ने क्रम बढ्दो छ । सार्वजनिक जग्गा अतिक्रमण गर्नेमा उच्च राजनीतिक नेतृत्वदेखि सरकारका उच्चपदस्त अधिकारीसम्म संलग्न रहेको पाइएको पत्रिकाले समाचारमा उल्लेख गरेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  ६ : ०२ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन