साइकल चढेर बनेका फुटबलर ! | Khabarhub Khabarhub

साइकल चढेर बनेका फुटबलर !



काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले केही दिन अगाडि भारतको गुवाहाटीमा बिहीबार मात्रै सम्पन्न डाक्टर टि आओ अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा सहभागी हुन २० सदस्यीय युवा टोलीको घोषणा गर्यो ।

उक्त टोलीका महत्त्वपूर्ण खेलाडीका रुपमा टिममा नेपाल पुलिस क्लबका फरवार्ड थिए, अभिषेक रिजाल । नेपाल पुलिस क्लबबाट फरवार्डमा खेल्ने अभिषेकले एन्फा यु—२१ टोलीमा रहँदा मिडफिल्डर (राइट विङ्गर) का रुपमा मैदानमा उत्रिए । मैदानमा रहँदा उनले आफ्नो जिम्मेवारी कुशलता पूर्वक सम्पन्न गरे ।

समूह चरणबाट बाहिरिएको नेपालले खेलेका ५ खेलमा तीनमा जीत र दुईमा हार बेहोर्यो । जसमध्ये जीतेका सबै खेलमा अभिषेक उत्कृष्ट खेलाडी घोषित भए । उनले तीनवटै खेलमा ‘म्यान अफ दी म्याच’ को पुरस्कार पनि पाए ।

नेपालको प्रतिनिधित्व गर्दै गुवाहाटी पुगेको एन्फा यु —२१ टिम समूह चरणबाट बाहिररिँदा अभिषेकले तीन खेलमा २ ह्याट्रिकको मद्दतमा ९ गोल गरे । “अभिषेक क्षमतावान खेलाडी हुन् । उनी फरवार्ड र मिडफिल्ड दुबै पोजिसनमा खेल्न सक्छन्,” एन्फा यु—२१ टिमका मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठले अभिषेकबारे भने,“तर, उनी बलियो टिमसँग अलिकति पोजिसनभन्दा पछाडि बसेर खेल्छन् । खेलमा फिजिकल इफोट जति लगाउनु पर्ने हो त्यो लगाएपनि फिनिसिङमा केही समस्या छ । यद्यपी उनले सिङ्गल बल पायो भने गोल गर्न सक्छन् ।”

प्रशिक्षकले गोल गर्न सक्ने क्षमता रहेका फरवार्ड भन्दै गर्दा अभिषेकले आफ्नो खेलमा सुधार ल्याउने समय रहेको पनि बताए । प्रशिक्षक श्रेष्ठले भने,“अहिले भर्खर १९—२० वर्षको भएका छन् । अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने अवसर पाए भने आफ्नो खेलमा सुधार ल्याउन सक्छन् ।”
अभिषेकले राष्ट्रिय टोलीबाट पनि डेब्यु गरिसकेका छन् । २०१८ मा नेपाली सिनियर टिम र थाइल्यान्ड यु—२३ बीचको मैत्रिपूर्ण खेलमा खेल्दै उनले राष्ट्रिय टोलीबाट डेब्यु गरे । जुन प्रतियोगितामा नेपाली टोली थाइल्यान्डसँग ३—० पराजित भएको थियो ।

‘बुवा फुटबल क्रेजी’

भनिन्छ, हरेक बालकको भविष्य उनीहरुका अभिभावकको हातमा हुन्छ । जस्तो संस्कारमा हुर्कायो त्यस्तै सिक्छ र व्यवहारमा पनि त्यस्तै हुन्छ । कतिले आमा—बुबाको सपनालाई आफ्नो मार्ग दर्शन सम्झेर त्यही बाटोमा लाग्छन् त कोही आफ्नै योजना बनाएर अगाडि बढ्छन् । तर, अभिषेक रिजालको हकमा भने बुवा भीम रिजालको सपना नै उनको मार्गदर्शन बन्यो ।

अभिषेककै भाषमा भन्ने हो भने उनका बुबा नेपाली फुटबलका ‘क्रेजी’ हुनुहुन्थ्यो । उनले अभिषेकलाई जहिले पनि साथमा लिएर हिँड्दा फुटबलको अवस्था ? फुटबल कसरी खेल्ने ? यस्तै, यस्तै कुराहरु सिकाउँथे ।

“बुबाले मलाई कलंकीदेखि साइकलमा राखेर सानो गौचरणसम्म ल्याउनु हुन्थ्यो । त्यहाँ बुवा एक ठाउँमा बसेर मैले खेलेको हेर्नु हुन्थ्यो,” विगत सम्झदै अभिषेक भन्छन्,“म फुटबलमा लाग्नुको पछाडि बुबाको हात धेरै छ । यो उमेरमा आइपुग्दा पनि बुबाले अझै धेरै मेहनत गर्दै जाउँ सफलता अवश्य मिल्छ भन्दै उत्प्रेरणा दिनुहुन्छ ।”

अभिषेक भन्छन् ‘मेरा लागि अन्य विकल्प पनि हुन सक्थे तर, मैले बुुवाको सपनालाई नै स्वीकारे । रमाइलोका लागि खेलेको फुटबल विस्तारै लत नै बन्यो । अभिषेकका बुवाले उनलाई फुटबल देखाए । स्कुलमा पनि स्पोट्स कार्यक्रम हुँदा उनले फुटबल नै रोजे ।

आर्मीबाट व्यवसायिक फुटबलको सुरुआत

अभिषेकको व्यवसायिक फुटबलको सुरुआत नेपाली सेनाको त्रिभूवन आर्मी क्लबबाट भएको उनले बताएका छन् । उमेरसमूहका अधिकाशं खेल खेलेका अभिषेकको घरेलु प्रतियोगितामा उनको डेब्यु खेल आर्मीबाट झापा गोल्डकपमा खेलेका थिए ।

“मोफसलमा डेब्यु खेल त्रिभूवन आर्मी क्लबबाट झापा गोल्ड कपमा भयो । त्यसपछि लगतार १ वर्ष आर्मी क्लबमा रहे,” खबरहबसँग उनले भने,“त्यसपछि बी डिभिजन क्लब ब्वाईज युनीयनले बोलायो । त्यहाँबाट पनि खेले । अहिले २ वर्ष भयो नेपाल पुलिस क्लबमा छु ।”

विभिन्न क्लबहरुबाट खेल्नेक्रममा ‘प्रेसर’ गेम खेलिसकेको उनले बताए । नेपाल पुलिस क्लबका स्टार फरवार्ड अभिषेकले ४ वर्षपछि भएको सहिद स्मारक ए डिभिजन लिगमा पुलिसका तर्फबाट ५ गोल गरे ।

“मेरो अनुभवमा अहिलेसम्म अन्य क्लबहरु भन्दा राम्रो वातावरण पुलिस क्लबमा छ । युवा प्रशिक्षकसँग खेल्न राम्रो हुन्छ,” अभिषेकले भने ।

जर्सी नम्बर ७ को कनेक्सन

क्लबबाट खेल्दा ८ नम्बर जर्सी लगाउने अभिषेक नेपालको प्रतिनिधित्व गर्दै मैदान उत्रिनु पर्दा ७ नम्बरको जर्सी लगाउँछन् । विश्व फुटबलमा उनी जर्सी नम्बर ७ अर्थात् पोर्चुगलका कप्तान तथा युभेन्टस्का फरवार्ड क्रिष्टियानो रोनाल्डोलाई फलो गर्छन् ।

“सानौदेखि रोनाल्डोलाई फलो गर्ने भएकाले विश्व फुटबलमा उनको प्रशंसक हुँ । तर, त्यसको मतलब मैले उनीबाट प्रभावित भएर जर्सी नम्बर ७ लगाउने चाँही होइन्,” अभिषेकले अगाडि भने,“मेरो लक्की नम्बर हो ‘७’ (सात) ।

“राष्ट्रिय टोलीमा पर्न विभिन्न चुनौति स्वीकार्छु”

उमेरसमूह हुँदै व्यवसायिक फुटबलमा अभ्यस्त भइसकेका अभिषेक अब राष्ट्रिय टोलीको नियमित खेलाडी बन्न संघर्षरत रहेको बताएका छन् । उनी भन्छन् “राष्ट्रिय टोलीमा परेर नियमित खेलाडी हुन चुनौतिहरु छन् । तर, मेहनत गर्छु । राष्ट्रिय टोलीमा छिट्टै स्थान बनाउँछु जस्तो लागिरहेको छ ।”

डेब्यु भएपनि टोलीमा निरन्तर खेल्न नपाएका अभिषेकलाई कमब्याक कठिन रहेपनि त्यो चुनौतिको सामना गर्नुको विकल्प नरहेको बताउँछन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  ५ : ०७ बजे

प्रधानमन्त्रीको दाबी ‘राष्ट्रिय गौरवका आयोजना समयमै सम्मन्न हुन्छन्’

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी

शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिएको वन्यजन्तु बाह्रसिङ्गाको

जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन

झापा – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई परिवर्तनको अनुभूति

युरोप पठाउने भन्दै बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ

काठमाडौं – बङ्गलादेशका नागरिकलाई युरोप पठाउने भन्दै नेपाल ल्याई बन्धक

प्रचण्डको ‘उथलपुथल’ सन्देश – नयाँसंग घुर्की, पुरानालाई धम्की

काठमाडौं – नेपालका राजनीतिज्ञहरुले बेला बखत चट्के शब्द प्रयोग गरेर