धरानका लागि नेकपाले छान्यो प्रकाश राईलाई उम्मेदवार | Khabarhub Khabarhub

धरानका लागि नेकपाले छान्यो प्रकाश राईलाई उम्मेदवार


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले धरान महानगरपालिका मेयरमा प्रकाश राई उम्मेदवार बनाउने भएको छ ।

नेकपा सचिवालयको आइतबार बसेको बैठकले धरानको मेयरमा राईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यसअघि नेकपाको प्रदेश कमिटीबाट उनीसहित फोक्वाहाङ सुब्बा (चोत्लुङ), वेणु काफ्ले र विजय राई सिफारिस भएका थिए ।

सुनसरी जिल्ला कमिटी सचिवालय सदस्य रहेको राई नेकपाको पुराना र क्रियाशील नेता हुन् । २०३५ सालको चरम निरंकुश पञ्चायती समयमा १८ वर्षको उमेरमा कोअर्डिनेशन केन्द्र मार्फत कम्युनिस्ट पार्टीमा सङ्गठित भएका उनी निरन्तर क्रियाशील छन् ।

उनी २०४६ सालमा नेकपा माले सुनसरी १ नम्बर क्षेत्रीय कमिटी सदस्य माले र मार्क्सवादी बिच एकीकरणपछि नेकपा एमालेको २०४७ सालमा पार्टी सङ्गठित सदस्यता प्राप्त गरी सोही सालदेखि धरान नगर कमिटीको दुई कार्यकाल सदस्य भए ।

यसै गरी २०५६ सालदेखि नेकपा एमाले सुनसरी जिल्ला कमिटी सदस्यमा निरन्तर १ नम्बर निर्वाचन क्षेत्रको इन्चार्जको भूमिका निर्वाह गरेका थिए ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ८ : १२ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका