प्रदेश प्रमुख हटाउने निर्णयप्रति कांग्रेसको आपत्ति– सरकारले गल्ती गर्‍यो ! | Khabarhub Khabarhub

प्रदेश प्रमुख हटाउने निर्णयप्रति कांग्रेसको आपत्ति– सरकारले गल्ती गर्‍यो !


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सातैवटै प्रदेशका प्रदेश प्रमुख पदमुक्त गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ ।

सरकारको सिफारिस अनुसार आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले सात वटै प्रदेशका प्रमुख पदमुक्त गरेको विषय सार्वजनिक भएपछि कांग्रेसले आपत्ति जनाएको हो ।

खबरहबसँग कुराकानी गर्दै नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रदेश प्रमुख पदमुक्त गर्ने सम्बन्धमा सरकारले पूर्वाग्रही निर्णय गरेको बताए ।

‘सरकारले अपरिपक्व र पूर्वाग्रही निर्णय गर्‍यो,’ निधिले खबरहबसँगको कुराकानीमा भने, ‘अहिलेकै अवस्थामा प्रदेश प्रमुखलाई पदमुक्त गर्नुपर्ने राजनीतिक आवश्यकता थिएन ।’

प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउनुपर्ने समयमा सरकारले प्रदेश प्रमुख हटाएर गलत काम गरेको निधिको टिप्पणी छ ।

‘संघीयतालाई बलियो बनाउने गरी काम गर्नुपर्नेमा सरकारले प्रदेश प्रमुख नै हटाएर गल्ती गरेको छ,’ निधिले भने, ‘सरकारको यो निर्णय अपरिपक्व, घोर पूर्वाग्रही र असंवैधानिक छ ।’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सिफारिसका आधारमा ७ वटै प्रदेशका प्रमुख नियुक्त भएका थिए ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ६ : २२ बजे

भोजपुर गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर

पोखरामा एसिया कप ट्रायथोलन हुँदै

कास्की । देशको पर्यटकीय राजधानी सहर पोखरामा यही वैशाख १५

रूस र युक्रेनबीच विस्थापित बालबालिकाको आदानप्रदान गर्ने सहमति

दोहा – रूस र युक्रेनले कतारको मध्यस्थतामा युक्रेन युद्धबाट विस्थापित

बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौं । एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन तीन

अन्तरिक्ष यात्रामा जाँदै सुनिता विलियम्स

काठमाडौं । भारतीय मूलकी अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स तेस्रो