उदाउँदो सूर्यलाई अर्घ्य (फोटो फिचर) | Khabarhub Khabarhub

उदाउँदो सूर्यलाई अर्घ्य (फोटो फिचर)


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–आज बिहान उदाउँदो सूर्यलाई पूजाआजासहित अर्घ्य दिई चार दिन लामो छठपर्व समापन गरिएको छ ।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको मुख्य दिन शनिबार अस्ताउँदो सूर्यलाई पूजाआजासहित अर्घ्य दिइएको थियो ।

उपत्यकाका गुह्येश्वरी, कमलपोखरी, गहनापोखरी, नागपोखरी, शङ्खमुल, थापाथली, वाग्मती, विष्णुमती, नख्खु नदीकिनारका अन्य स्थानमा पनि छठी घाट निर्माण गरी जल एवं सूर्यदेवको आराधना र उपासना गर्न भक्तजनको भीड लागेको थियो ।

गुह्येश्वरी मन्दिर अघिको वाग्मतीबाट गौरीघाटसम्म नदीकिनारको दायाँबायाँ बेहुली सिङ्गारेर छठघाट बनाइएको थियो । यो स्थानमा ६५६ छठघाट निर्माण भएको थियो । यसैगरी कमलपोखरी, नागपोखरीलगायत स्थानमा पनि छठघाट सिङ्गारिएको थियो ।

यी छठघाटमा लाखौँ भक्तजनले हिजो बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए । तिनै भक्तजनले आज उदाउँदो सूर्यलाई अर्घ्य दिएर चार दिन लामो सूर्य उपापना पर्व समापन गरेका हुन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  १ : २७ बजे

कुन भिटामिनको कमीले अत्यधिक निद्रा लाग्छ ?

 शरीरमा भिटामिन र मिनरल्सको उचित सन्तुलन नहुँदा यसले सम्पूर्ण शरीरमा

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बिहार आसपासमा

एसीसी प्रिमियर कप : सेमिफाइनलमा यूएईविरुद्ध भिड्दै नेपाल

काठमाडौं – एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल आज यूएईसँग भिड्दैछ।

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार