झण्डै १६ लाखले छाडे काठमाडौं, टिकट नपाउनेलाई सास्ती (फोटो फिचर) | Khabarhub Khabarhub

झण्डै १६ लाखले छाडे काठमाडौं, टिकट नपाउनेलाई सास्ती (फोटो फिचर)


१६ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ‌ं- दशैंको टीका नजिकिँदै गर्दा काठमाडौं उपत्यका छाड्नेको संख्या दिनप्रतिदिन बढ्दो छ ।

बुधबारसम्म १२ लाख जना राजधानीबाट बाहिरिएकोमा विहीबार मात्रै झण्डै चार लाखको हाराहारीमा यात्रु बाहिरिएको प्रहरीले जनाएको छ ।

टिकट पाएकाहरु बसमा रमाउँदै राजधानी बाहिरिए पनि टिकट नपाउनेहरुको भने बिचल्ली छ । गोंगबुस्थित नयाँ बसपार्कमा टिकट पाइन्छ कि भनेर जानेहरुको भीड अझै बाक्लो छ ।

उनीहरु टिकट क्वाउन्टरबाट टिकट सकियो भन्ने खबर सुन्दा पीडाबोध गर्दै यताउता भौतारिन्छन् । कतै बसका ड्राइभर तथा सहचालकसँग पो टिकटको कुरा मिल्छ कि भनेर भौतारिनेहरु पनि यही भीडमा भेटिएका थिए ।

दशैंका लागि यसपटक काठमाडौंबाट करिब २५ लाख जना बाहिरिने प्रहरीको अनुमान गरिएको छ । उपत्यकाबाट बाहिरिने मुख्य ४ नाका छन् । जसमध्ये थानकोट–नागढुंगा–नौबिसे सबैभन्दा व्यस्त नाका हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार नागढुंगाबाट मात्रै ६० प्रतिशत यात्रु बाहिरिन्छन् । दोस्रोमा कोटेश्वर–भक्तपुर–धुलिखेल नाका हो । जहाँबाट २५ प्रतिशत यात्रु बाहिरिने अनुमान छ । त्यस्तै, बल्खु–चोभार नाकाबाट १० प्रतिशत र बालाजु तथा टोखा–छहरे हुँदै ५ प्रतिशत यात्रु राजधानीबाट बाहिरिने प्रहरीको भनाइ छ ।


ट्राफिक प्रहरीका अनुसार विहीबार मात्र झण्डै चार लाख मानिस बाहिरिएका छन् । दशैंका लागि सबैभन्दा धेरै यात्रु अब भोलि र पर्सी बाहिरिने छन् ।

टिकट काउन्टरमा पनि यी ३ दिनका लागि नियमित र थप गरिएको टिकट बुकिङ समेत सकिएको छ । सार्वजनिक बिदा सुरु हुने भएकाले पनि ती दिनहरुमा दैनिक ४ लाख जनासम्म बाहिरिने ट्राफिक प्रहरी र यातायात व्यवसायीहरुले अनुमान गरेका हुन् ।


तस्वीर- अदिप श्रेष्ठ


 

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार  ९ : ०९ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६