चामल अभावमा हुम्लाबासीको दशैं खल्लो हुँने | Khabarhub Khabarhub

चामल अभावमा हुम्लाबासीको दशैं खल्लो हुँने


१६ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिमिकोट- दशैँको मुखमा हुम्लाका दुई वटा डिपो र तीन वटा बिक्री केन्द्रमा चामलको अभाव भएको छ । स्थलमार्ग भएर आउनुपर्ने चामल बिक्री केन्द्र र डिपोमा नहुँदा हुम्लाका पाँच गाउँपालिकाका नागरिकलाई यो वर्षको दशैँ खल्लो हुने भएको छ ।

जिल्लाको अदानचुली गाउँपालिकाको श्रीनगर डिपो, सर्केगाड डिपो, देउली बिक्री केन्द्र, छप्रेला बिक्री केन्द्र र यो वर्ष खार्पुनाथ गाउँपालिकामा स्थापना गरिएको नयाँ बिक्री केन्द्रमा चामलको अभाव रहेको नेपाल खाद्य संस्थान शाखा हुम्लाले जनाएको छ ।

चालू आर्थिक वर्षमा संस्थानले टेण्डर प्रक्रिया ढिलो गरेका कारण जिल्लाको दक्षिणी क्षेत्रमा रहेका यी पाँच गाउँपालिकामा चामल नपुगेको जिल्ला संस्थान प्रमुख रामबहादुर विष्टले बताए । नेपालीको महान् पर्व दशैँमा चामल नपुगे पनि तिहारसम्ममा पुर्‍याउने लक्ष्य लिइएको उनले जानकारी दिए ।

गत असारको अन्तिम सातादेखि दक्षिणी क्षेत्रमा रहेका दुई वटा डिपो र तीन वटा बिक्री केन्द्रमा चामल नहुँदा डिपो र बिक्री केन्द्र खाली रहेको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष जोशी धाँमीले बताए । उनका अनुसार स्थानीय सरकारले स्थल मार्गबाट चामल ढुवानी गर्ने भने पनि नेपाल खाद्य संस्थानले टेण्डर प्रक्रिया ढिलो गर्दा यो दशैँमा चामल नपुगेको हो ।

यो वर्ष चामल नहुँदा दशैँ खल्लो हुने निश्चित भएको स्थानीयवासी भक्तराज ऐडीले गुनासो गरे । अदानुचलीमा रहेको श्रीनगर डिपो र सर्केगाड गाउँपालिकामा रहेको सर्केगाड डिपोमा कर्मचारी भए पनि चामल नहुँदा त्यहाँका स्थानीयवासीले यो वर्षको दशैँ भातविना मनाउने भएका छन् ।

दशैँ सम्ममा चामल पुग्छ भनेर कर्मचारी तयारी अवस्था रहे पनि चामल नपुग्ने निश्चित भएपछि दुई वटा डिपोका कर्मचारी पनि दशैँ मनाउन घर गएका छन् । ठेकेदारले यही असोज ८ गते टेण्डर प्रक्रिया सम्झौता गरी तिहारसम्ममा चामल स्थलमार्गबाट जिल्ला ल्याउने जानकारी दिएको संस्थान प्रमुख विष्टले बताए ।

खाद्य संस्थानले टेण्डर प्रक्रिया ढिलो गरेको भन्दै दशैँमा चामल पुर्‍याउन नसकिएको ठेकेदार लोकेन्द्र भण्डारीले जानकारी दिए । उहाँका अनुसार यस वर्षको टेण्डर प्रक्रिया नै ढिला भएकाले कसैलाई पनि यस वर्षको दशैँमा चामल पुर्‍याउन सकिएको छैन ।

सिमकोटमा १६ सय क्विन्टल मौज्दात, याल्वाङमा १५ सय क्विन्टल बाँडियो

यता, सधैँ दशैँमा चामलको अभाव हुने सदरमुकाम सिमकोटमा यो वर्ष खाद्यान्न मौजात प्रशस्त रहेको छ । काठमाडौँ केरुङ हुँदै सिमकोट पुगेको ६ सय क्विन्टल र स्थानीयलाई वितरण गरी बाँकी रहेको एक हजार क्विन्टल चामल गरी १६ सय क्विन्टल मौज्दात रहेको खाद्य संस्थान प्रमुख विष्टले बताए ।

गत वर्ष संस्थान शाखा हुम्लाले एक घरधुरीलाई तीन केजीका दरले चामल वितरण गरेको थियो । त्यसैअनुरूप विभिन्न निकायको सहकार्यमा यो वर्ष सिमकोटमा रहेको खाद्य संस्थानको गोदाममा एक हजार ६ सय क्विन्टल चामल मौज्दात रहेको विष्टले बताए ।

उता केरुङ नाका हुँदै सिमकोट आउँदै गरेको चार हजार क्विन्टल चामलमध्ये ६ सय क्विन्टल संस्थान शाखामा भित्रिएको छ भने बाँकी रहेको तीन हजार ४ सय क्विन्टल चामल सल्लीखोलामा रहेको चौकीदार अखिल रोकायाले जानकारी दिए ।

केरुङ हुँदै गाडीमार्फत याल्वाङमा पुगेको एक हजार ५ सय क्विन्टल चामल याल्वाङ बिक्री केन्द्रमार्फत वितरण गरिसकिएको छ । सिमकोट खाद्य संस्थानका लागि गाडीबाट हिल्सा हुँदै सल्लीखोला पुगेको चामल वर्षातले सडक ठाउँठाउँमा भत्केका कारण ढुवानी कार्य रोकिएको ठेकेदार ध्रुव शाहीले बताए ।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार  ८ : २० बजे

बिहीबार वर्षाले अवरुद्ध नेपाल र आयरल्याण्ड ‘ए’को सिरिज आजदेखि

काठमाडौं – बिहीबारदेखि हुने भनेको नेपाल र आयरल्याण्ड ‘ए’को टी-२०

चर्च ब्वाइज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान– इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी

अध्ययन भन्छ- राति सुत्ने बेलामा भित्री वस्त्र नलगाउनुस्

प्रायः महिलाहरू राती भित्री वस्त्र लगाएर सुत्छन्। तर सामान्यतया रातमा

दिल्लीको लगातार दोस्रो हार : राजस्थान १२ रनले विजयी

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार सन्