दशैं विदामा घुमफिर – कहाँ जाने, कति लाग्छ खर्च ? | Khabarhub Khabarhub

दशैं विदामा घुमफिर – कहाँ जाने, कति लाग्छ खर्च ?


१६ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लामो विदामा घुम्न जाने नेपालीहरुको संख्या पछिल्लो समय बृद्धि भएको छ । देश भित्रै र देश बाहिर घुम्न जानेहरुको संख्या बढिरहेकोछ ।

समय र आर्थिक अवस्था हेरेर उनीहरु घुम्ने ठाउँ छनोट गरिरहेका पनि छन् । साथीसंगी भेट हुने र घुम्न पनि पाइने हुँदा पैसा जम्मा गरेर पनि पछिल्ला समय विदेशसम्म घुम्न जानेको लर्को लाग्ने गरेको छ ।

नेपालीहरुको घुम्ने प्रवृत्ति बढेसँगै विभिन्न टुर एण्ड ट्राभल्स कम्पनीहरुले पनि उनीहरुलाई बजेट सुहाउँदो प्याकेजहरु सार्वजनिक गरिरहेका छन् । अझ केही वर्षयता अन्य समयमा भन्दा दशैंतिहार का समयमा त्यस्ता प्याकेजहरु अफरसहित आउने गर्छन् ।

दशैं र तिहारको बीचमा स्कुल, क्याम्पसजस्ता शैक्षिक संस्थाहरु बन्द हुने हुँदा यो अफर विद्यार्थीहरुका लागि अझ विशेष पनि बन्न सक्छ ।
यो दशैंको बिदामा विदेश घुम्न जाने सोचमा हुनुहुन्छ भने छनोट गर्नुस् स्थान । जहाँ पुग्नका लागि खर्च कति लाग्छ र कति दिन घुम्न पाउनुहुनेछ ।

विभिन्न ट्राभल्सले आफ्ना आफ्नै विशेषता देखाउँदै विदेश घुम्नका लागि अफर गरिरहेका छन् । दर्जनौ ट्राभल्सले आफ्ना विभिन्न सेवासुविधा सहित दशैं अफरमा प्याकेज बनाएर विदेश घुमाइरहेका छन् ।

दशैंमा सरकार र निजी क्षेत्रका अधिकांशजसो कार्यालयहरु फूलपातीदेखि बन्द हुनेछन् । फूतपाती शनिवार रहेको छ । त्यसैले तपाई विदामा विदेश जाने तयारी गरिरहनु भएको छ भने कहाँ जाने र कति खर्च लाग्छ भन्ने बारे खोज गरिरहनु भएको हुन सक्छ । त्यसलाई मध्यनजर गर्दै हामीले यसबारे जानकारी दिने प्रयास गरेका छौं ।

काठमाडौंको दरबारमार्गमा रहेको प्रसिडेन्ट ट्राभल्स एण्ड टुर्सले दशैं तिहार बिदामा विदेश घुम्न जाने नेपालीका लागि ५० हजारदेखिको टूर प्याकेज ल्याएको छ ।

युरोप, अमेरिका र अष्ट्रेलिया घुम्न जानेहरुको संख्या अत्याधिक रहेको टुर्सकी टुर म्यानेजर अञ्जली खनालले जानकारी दिइन् ।

प्रेसिडेन्टले अहिले १८ वटा प्याकेज ल्याएको छ । घुम्ने चाहना हुनेहरुले एकमुष्ट रकम तिरेपछि होटल एकुमेन्डसन, घुम्नका लागि ट्रान्सपोटेशन सबै टुर्सले दिनेछ भने घुम्न जाँदाजाँदै बिरामी भएको खण्डमा ट्राभल्स इन्स्युरेन्सको समेत व्यवस्था रहेको हुन्छ ।

प्रेसिडेन्ट ट्राभल्सले जस्तै अन्य थुप्रै ट्राभल्सले दशैंतिहारका लागि प्याकेज ल्याएका छन् । जसमा अनलाइन बुकिङपनि गर्न सकिने सुविधा रहेका छन् भने ट्राभल्समै गएर बुझ्न समेत सकिनेछ ।

सिंगापुर

विदेश घुम्न जानेहरुका लागि सिंगापुर पहिलो रोजाइमा पर्छ । सिंगापुरमा नेपालीहरु धेरैमात्रामा घुमफिरकै लागि पुग्ने गर्छन् । सिंगापुर जानका लागि भिसा लगाउन सजिलो भएकाले पछिल्ला समय सपिङ गर्नकै लागि पनि नेपालीहरु जाने गरेका छन् ।

मलेसियासँग जोडिएकाले सिंगापुर विकास र प्रकृतिप्रेमीका लागि आकर्षक गन्तव्य पनि हो । विकास, समुन्द्र र सपिङ पर्यटकहरुको मुख्य आकर्षक हो ।

सिंगापुर घुम्न जानका लागि ५ रात ६ दिन भए पुग्ने छ भने त्यसका लागि ४२ हजार ५ सय रुपैयाँ खर्च लाग्छ ।

थाइल्याण्ड

नेपालीहरु घुम्न जाने अर्को रोजाइको देश थाइल्याण्ड हो । नव विवाहित दम्पत्तिदेखि परिवार समेत थाइल्याण्ड पुग्छन् रमाउन । अझ दशैंमा प्रशस्त समय भएकाले थाइल्याण्ड घुम्न जानेहरु बढिरहेका पनि छन् ।

थाइल्याण्डको मुख्य विशेषता भनेको सामुन्द्रिक आनन्द हो । त्यसकारण पनि नेपालीहरु सामुन्द्रिक आनन्द लिन पनि थाइल्याण्ड पुग्छन् । त्यतिमात्र होइन, थाइल्याण्डका चर्चित पर्यटकीय गन्तव्य राजधानी बैंकक, पटाया र फुकेट हुन् । थाइल्याण्ड घुम्नका लागि ४ रात ५ दिन भए पुग्छ । साथै घुम्न रु ५० हजार खर्च भए पुग्नेछ ।

युएई

पछिल्ला समय संयुक्त अरब इमिरेट्स पर्यटकहरुका लागि आकर्षक बन्दै गएको छ । युएईका मुख्य आकर्षण भनेको डिजर्भ सफारी हो । मुस्लिम देश भएकाले पनि युएईमा विकिनी लगाएर हिड्ने स्वतन्त्रता छ ।

युएई पूर्वी एसियाको व्यापारिक केन्द्र पनि हो । नेपालीहरु श्रमका लागि पनि युएई पुग्ने गर्छन् ।

सिंगापुर, थाइल्याण्ड र मलेसियाको तुलनामा यूएईमा भिसा लगाउन भने केही कठिन छ । युएई घुम्नका लागि ट्राभल एजेन्सीहरुले ४ रात ५ दिनका लागि ६० हजार रुपैयाँको प्याकेज ल्याएका छन् ।

गोवा (भारत)

भारतको गोवा पनि नेपाली पर्यटकहरुको आकर्षणको केन्द्रविन्दू हो । बिना भिसा जान सकिने भएका कारण नेपालीहरुको रोजाइमा गोवा पर्ने गरेको छ ।

गोवामा गएर सामुन्द्रिक मस्तीको मज्जा लिन सक्छन् । ट्राभल्स एजेन्सी मार्फत जाँदा ८० हजार रुपैयाँमा ५ दिनसम्म घुम्न पाइने प्याकेज ल्याएका छन् ।

चीन

चीनको बेजिङ घुम्नका लागि उपयुक्त स्थानमध्ये एक हो । बेजिङमा रहेको ग्रेट वाल अफ चाइनाले विश्वकै ध्यान आकर्षण गर्न सक्छ ।
यसका साथै चीनको विकास र त्यहाँको सँस्कृति अवलोनका लागि पनि चीन उपयुक्त गन्तव्य बन्न सक्छ । ६ दिनको विदा लिएर गएमा चीनका अन्य स्थानमा समेत आनन्दले घुम्न सकिन्छ । त्यसका लागि १ लाख २५ हजार लाग्ने एसियन ट्राभल्स एण्ड टुरले जनाएको छ ।

दार्जलिङ, आसाम (भारत)

त्यस्तै छिमेकी मुलुक भारतका विभिन्न स्थानमा पनि दशैंको विदामा जाने नेपालीको संख्या उल्लेख्य हुने गरेको छ । दार्जलिङ, आसाम, गुवाटीका लागि करिब २० हजारमा लान सकिने ट्राभल एण्ड टुरले जनाएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार  १ : १२ बजे

स्वास्थ्य क्षेत्र सुधारका लागि स्वास्थ्यमन्त्रीलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपप्रधान एवं स्वास्थ्य तथा

मैले अर्को उथलपुथल गर्न सक्छु- प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले अर्को उथलपुथल गर्न

कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चिसापानी स्थित कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका

हत्या अभियोगमा पक्राउ परेका युवा सार्वजनिक 

काठमाडौं– इलाका प्रहरी कार्यालय बनेपाले ८३ वर्षिय महिलाको हत्या अभियोगमा

अष्ट्रेलियाको जीवनस्तर तथा उत्पादकत्वमा गिरावट

क्यानबेरा– निजी क्षेत्रमा उचित प्रतिस्पर्धाको अभावले अस्ट्रेलियालीहरूको जीवनस्तर खतरामा परेको