यी हुन् फोरजी चल्ने जिल्ला र सहर, यसरी एक्टिभ गर्नुहोस् | Khabarhub Khabarhub

यी हुन् फोरजी चल्ने जिल्ला र सहर, यसरी एक्टिभ गर्नुहोस्


१६ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल टेलिकमले बुधवार(हिजो) बाट सातै प्रदेशमा फोरजी सेवा विस्तार गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग फोरजी प्रविधीको प्रयोग गर्दै भिडियो कन्फरेन्स गर्दै सेवा सुभारम्भ गरेका थिए ।

फोरजी उच्च गतिको इन्टरनेट सेवा हो । हिजोबाट ३२ जिल्लाका ५० शहरका जनताले यो सेवा लिन पाएका हुन् ।

कुन कुन जिल्लामा चल्छ फोरजी ?

धनकुटा, झापा, मोरङ, सुनसरी, बारा, चितवन, धादिङ, धनुषा, दोलखा, काभ्रेपलाञ्चोक, महोत्तरी, मकवानपुर, नुवाकोट, पर्सा, रामेछाप, रसुवा, रौतहट, सर्लाही, सिन्धुली, बागलुङ, कपिलवस्तु, म्याग्दी, नवलपरासी, पाल्पा, पर्वत, रुपन्देही, बाँके, बर्दिया, दाङ, सुर्खेत, कैलाली, कञ्चनपुर, तनहुँ, मुस्ताङ, लमजुङ र सप्तरी।

सहरहरु

भीमदत्तनगर, झलारी पिप्लाडी,अत्तरिया, धनगढी, चौमाला, मसुरिया, सुख्खड, लम्की, टीकापुर, सुर्खेत, गुलरिया, कोहलपुर, नेपालगञ्ज, घोराही, लमही, तुलसीपुर, बेनी, कुस्मा, बागलुङ, तानसेन, लुम्बिनी, भैरहवा, मंगलापुर, बुटवल, मुर्गिया, सुनवल, देवदह, परासी, वर्दघाट, भरतपुर, टाँडी, सौराहा, धादिङ, विदुर, धुन्चे, बनेपा, धुलिखेल, पनौती, हेटौंडा, सिमरा, वीरगन्ज, कलैया, चरीकोट, मन्थली, सिन्धुपाल्चोक, गौर, मलंगवा, जलेश्वर, जनकपुर, धनकुटा, धरान, इटहरी, इनरुवा, विराटनगर, दमक, विर्तामोड, चन्द्रगढी, बेसीशहर र भारदह ।

सिमकार्डमा यसरी एक्टिभ गर्नुहोस् फोरजी

तपाईले प्रयोग गरिरहेको नेपाल टेलिकमको सिममा फोरजी चल्छ कि चल्दैन भन्ने जाँच गर्न आवश्यक हुन्छ । त्यसका लागि *444# डायल गर्नुहोस् । यो डायल गरेसँगै तपाईको सिममा फोरजी चल्ने नचल्ने थाहा हुन्छ । यदी नचल्ने रहेछ भने निशुल्क सिमका लागि नजिकको टेलिकम कार्यालयमा सम्पकर्क गर्नुहोस् ।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार  १२ : ५९ बजे

प्रेम सम्बन्धको विवादले धनुषाको औराहीमा तनाव, प्रहरीले हान्यो ९ सेल अश्रुग्यास

धनुषाको औरही गाउँपालिका–१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच बिहीबार दिउँसो

सडक पहुँचसँगै ओलाङ्चुङगोला पुग्न सहज

फुङ्लिङ– ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारबाट सात घण्टामै चीनको सीमावर्ती रहेको

विद्युत् आयात गर्नेबाट निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण उपलब्धि : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार भृकुटीमण्डपमा आयोजित हिमालयन हाइड्रो एक्स्पो

मनमोहन ज्येष्ठ नागरिकका सच्चा मित्र र असल नेता : विद्या भण्डारी

काठमाडौं- पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री स्वर्गीय

हुम्लाको चंखेलीका तत्कालीन निमित्त प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त