दशैमा स्वादिष्ट मासु पकाउने तरिका | Khabarhub Khabarhub

दशैमा स्वादिष्ट मासु पकाउने तरिका


१६ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

हामी दशैंको माहोलमा छौं । तपाईको घरमा घटस्थपनाको दिन राखेको जमरा टुसा आइसकेको होला । अब अष्टमीको दिन आउँन केही दिनमात्रै बाँकी छ । अष्टमीको दिन नेपालीहरुको घरघरमा खसि, बोका काटिन्छ ।

घरमा नै खसिबोका नकाट्नेहरुको घरमा पनि दशैमा मासु हुन्छ । मासुलाई दशैंको विशेष परिकारको रुपमा लिइन्छ । दशैको मासुलाई विशेष परिकार बनाउन पकाउन र स्वादिष्ट बनाउन पनि जान्नु पर्छ आज हामी तपाईलाई मासुलाई स्वादिष्ट बनाउने तरिका सिकाउँदैछौ ।

–सम्भव भएसम्म घरमै पेलेको तोरीको तेल प्रयोग गनुर्स

–कराईमा तेल राखेर तताउने,

–तेल तालेपछि ल्वाङ, सुकुमेल, दालचिनी, तेजपत्तालाई फुराउनुस् ।

–त्यसपछि प्याज हालेर रातो हुनेगरी भुट्नुस्,

– प्याज रातो भएपछि खसिको मासु राख्नुस्,

–खसिको मासुलाई दुई मिनेटसम्म चलाउँदै भुट्नुस्,

–दुईमिनेटपछि बेसार, नुन राखेर चलाउनुस्,

–नुन र बेसार राखेको मासुलाई २० मिनेटसम्म सानो आगोको तापमा पकाउनुस्,

–समय–समयमा मासुलाई चलाउनुस्,

–मासुलाई अति ठूलो आगोको तापमा थप १५ मिनेट पकाउने,

–३५ मिनेट पछि मसलाहाल्ने र राम्रोसँग चलाउने ( मसला सकेसम्म घरमै पिधेँको प्रयोग गर्ने,

–मसला राखेको ३ मिनेटपछि काटेको टमाटर राख्ने,

–टमाटर पाकीसकेपछि मनतातो पानी मासुमा राख्ने,

–मासुमा मनतातो पानी हालेपछि ५ मिनेट पकाउने,

– अन्तमा काटेको हरियो धनिया राख्ने । त्यसपछि झोल मासु तयार हुन्छ । तपाईले मिठो स्वादमा खान पाउनुहुन्छ ।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार  २ : १७ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न