दशैँको विदामा हेर्नुहोस् यी १० फिल्म | Khabarhub Khabarhub

दशैँको विदामा हेर्नुहोस् यी १० फिल्म


१६ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

हिन्दू नेपालीहरुको महान पर्व दशैँ कतिपयका लागि विदा मनाउने अवसर पनि हो । नेपाली दर्शक नेपाली फिल्मबाट मात्र नभएर विदेशी फिल्मबाट पनि उत्तिकै प्रभावित छन् । दशैँको विदाको सदुपयोग गर्दै विदा मनाउन चाहनुहुन्छ भने तपाईंले पनि फिल्म केही रोजाइका फिल्म हेर्न सक्नुहुनेछ ।

त्यसो त युट्युबमा रिलिज भएका नेपाली र दक्षिण भारतीय फिल्मले दर्शकको मन जितेका हुन्छन् । दशैंकै अवसर पारेर चलचित्र ‘छक्का पञ्जा २’ रिलिज भएको थियो ।

तपाईंलाई आफ्नो रुचिअनुसार फरक फिल्म मन पर्न सक्छ । यहाँ हामीले केही फिल्म छानेका छौँ, जुन फिल्मले तपाईंको मन जित्न सक्छन् ।

विक्रम भेदा

यो दक्षिण भारतीय फिल्म सस्पेन्स थ्रीलर फिल्म हो । फिल्ममा विक्रम र भेदा नामक दुई पात्रको द्वन्द्व देखाइएको छ । एक्सन क्राइम र सस्पेन्स फिल्म रुचाउने दर्शकले यो फिल्मको कहानी मन पराउन सक्छन् । फिल्ममा माधवन र विजयले मुख्य भूमिका निभाएका छन् ।

बदला

हिन्दी चलचित्र ‘बदला’ मा पनि सस्पेन्स क्राइम भनिएको छ । फिल्ममा अमिताभ बच्चन, तापसी पन्नु र अमिता सिंहको लिड रोल छ । क्राइम थ्रीलर मन पराउने दर्शकका लागि यो फिल्म हेर्दा रमाइलो लाग्नेछ ।

द ग्राण्ड मास्टर

निनियाँ फिल्म ‘द ग्राण्ड मास्टर’ मार्सल आर्टमा आधारित छ । यो फिल्म इप म्यान सिरिजको चौथो फिल्म हो । चिनियाँ र मार्सल आर्ट फिल्म मन पराउने दर्शकका लागि यो फिल्म हेर्नलायक छ । अझ यसअघि इप म्यान का तीन भाग हेरेका दर्शकलाई त यो फिल्म झन् रोमाञ्चक हुनेछ ।

एभेन्जर्स, इन्ड गेम

विश्वमा सबैभन्दा बढी कमाएको हलिउड फिल्म ‘एभेन्जर्सः इन्ड गेम’ मार्भलका फिल्म हेर्ने दर्शकका लागि एक महत्त्वकांक्षी फिल्म हो । मार्भलको सिनेम्याटिक संसार रुचाउने फ्यानले यो फिल्म पक्कै हेरेको हुनुपर्छ । यो फिल्म संसारभर चर्चा कमाउने फिल्ममध्ये एक हो । यद्यपि फिल्मको कहानी हेर्न यसअघि अन्य कैयन् सिरिज हेर्नुपर्ने हुन्छ ।

एलिटाः ब्याटल एन्जेल

यो एनिमेटेड हलिउड फिल्मले हलिउडको उत्कृष्ट चलचित्रमध्ये एक हो । सन् २०१९ मा रिलिजमा आएको यो फिल्ममा भविष्यमा विश्व कस्तो हुनेछ भन्ने कल्पनामा आधारित छ । मान्छेको मष्तिष्कलाई पनि रोबोट बनाइएको यो फिल्म साइन्स फिक्सन मन पराउने दर्शकले रुचाउने छन् ।

द लायन किङ

यसै वर्ष प्रदर्शनमा आएको फिल्म ‘द लायन किङ’ पनि एक एनिमेटेड फिल्म हो । राजपरिवारको सिंह र भाइभाइको दुष्मनी फिल्ममा देखाइएको छ । जनावरको जीवनका माध्यमबाट मान्छेको संवेदना खोजिएको यो फिल्म एनिमेटेड फिल्म हेर्ने दर्शकको रोजाइ हुनसक्छ ।

जोन विक ३

यसै वर्ष रिलिजमा आएको हलिउड चलचित्र जोन विक ३ एक्सनले भरिपूर्ण फिल्म हो । यसका दुई भाग यसअघि नै रिलिज भएका छन् । ती दुवै फिल्म उत्तिकै हिट छन् । केआनु रिभ्सको मुख्य भूमिका रहेको यो फिल्मले बक्स अफिसमा पनि राम्रो व्यापार गरेको थियो ।

मुग्लान

ऐतिहासिक गीत ‘दशैँ आयो’ लाई समेत सुन्न सकिने चलचित्र ‘मुगलान’ ले विदेशमा जान बाध्य भएको नेपाली समाजलाई समेटेको छ । दिलिप रायमाझी, रमित ढुंगाना र झरना थापाको मुख्य भूमिका रहेको यो फिल्म अहिले पनि उत्तिकै रुचाइन्छ । युट्युबमा उपलब्ध यो फिल्ममा दशैँको रमझम पनि देखाइएको छ ।

प्रसाद

गत वर्ष प्रदर्शनमा आएको नेपाली चलचित्र ‘प्रसाद’ एक सामाजिक कथामा निर्माण भएको फिल्म हो । विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतको मुख्य भूमिका रहेको यो फिल्मलाई दिनेश राउतले निर्देशन गरेका हुन् । एक परिवारमा आएको उतारचढाव देखाइएको फिल्म आइफिल्क्समा उपलब्ध छ ।

२४

टाइम ट्राभलको कथामा आधारित दक्षिण भारतीय चलचित्र ‘२४’ हेर्नुभएको छैन भने यो फिल्म तपाईंका लागि राम्रो खुराक बन्न सक्छ । एक वैज्ञानिकले बनाएको घडीले वर्तमान समयभन्दा २४ घण्टाअघि र पछि लैजान सक्ने काल्पनिक कथा समेटिएको यो फिल्म सूर्यले शीर्ष भूमिका निभाएका छन् ।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार  ३ : १३ बजे

युरोप पठाउने भन्दै बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ

काठमाडौं – बङ्गलादेशका नागरिकलाई युरोप पठाउने भन्दै नेपाल ल्याई बन्धक

प्रचण्डको ‘उथलपुथल’ सन्देश – नयाँसंग घुर्की, पुरानालाई धम्की

काठमाडौं – नेपालका राजनीतिज्ञहरुले बेला बखत चट्के शब्द प्रयोग गरेर

सहसचिव शर्माको संयोजकत्वमा बजेट लेख्ने समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१ ०८२ को

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्चको आदेश

काठमाडौं – सर्वोच्च अदालतले कांग्रेसका सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा

‘गृहमन्त्रीको हकमा प्रधानमन्त्रीलाई न्यायाधीश हुने अधिकार छैन’

माओवादी नेतृत्वको सरकारमा खम्बा भएर उभिएको नेपाली कांग्रेस अनपेक्षित घटनाक्रमले