अस्पतालका उपकरण थन्किए, बिरामीलाई समस्या | Khabarhub Khabarhub

अस्पतालका उपकरण थन्किए, बिरामीलाई समस्या


१६ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- भेरी अस्पतालमा मिर्गौलाका बिरामी दैनिक बढेका छन् । तर, अस्पतालमा आवश्यकताअनुसारका उपकरण छैनन्, भएका उपकरण बिग्रिएका छन् ।

चार मेसिनमध्ये दुई कामै नलाग्ने भएका छन् भने अस्पतालमा बिरामी र कुरुवाका लागि आवश्यक शौचालयसमेत छैनन् ।

बिरामीलाई एक ठाउँबाट अर्को ठाउँसम्म लैजान ह्वीलचियर छैन । दक्ष जनशक्ति, विशेषज्ञ चिकित्सक र स्टाप नर्सको अभाव छ ।

अस्पतालको डायलासिस युनिट समस्यै–समस्याले ग्रसित छ । तर, पनि यसको व्यवस्थापन, मेसिनको मर्मत सुधार र नयाँ मेसिन थप्ने काममा अस्पताल प्रशासनले चासो देखाएको छैन ।

अस्पतालमा उपचारका लागि अधिकांश निमुखा र गरीब बिरामी नै आउने गरेका छन् । मेसिनको अभावमा डायलासिसका लागि पालो कुरेका बिरामी मृत्यु पर्खेर बस्नुपर्ने बाध्यता छ ।

गरीब निमुखा बिरामीलाई डायलासिस मेसिन थपेर सेवा दिनुपर्ने मिर्गौलापीडित बिरामीहरुको माग छ । भेरी अस्पताललाई मध्य र सुदूरपश्चिम नेपालकै रेफरल सेन्टर (सिफारिश केन्द्र) का रुपमा लिइने गरिन्छ ।

यसैले हेमोडायलासिस युनिटमा उपचारका लागि डायलासिस मेसिन, दक्ष जनशक्ति र युनिट सञ्चालनका लागि आवश्यक कोठा थप गर्न अस्पताल प्रशासनसँग माग गरेको डा पारस श्रेष्ठ बताए । उनका अनुसार अहिले पनि भेरीमा २३ बिरामी पालो कुरेरै बसेका छन् । अहिले दैनिक दुई सिफ्ट चलेको डायलासिसमा चार जनाले मात्र डायलासिस गर्न पाएका छन् ।

अरू बिरामी पालो कुररै बसेका छन् । डायलासिस विभागका अनुसार अहिले हप्तामा १२ जनाले मात्र जसोतसो डायलासिस गरिरहेका छन् । मिर्गौला रोगीले भेरी अस्पतालमा पालो नपाएर निजी अस्पतालमा महङ्गो रकम तिरेर डायलासिस गर्न बाध्य छन् । दरबन्दीअनुसार विशेषज्ञ चिकित्सकको अभावमा सरकारी अस्पतालमा उपकरण थन्किएर बसेका छन् ।

अहिले हेमोडायलासिस युनिट प्रमुख डा श्रेष्ठले उपचारका लागि आउने बिरामीको उपचार गरिरहेका छन् । उनका अनुसार बिरामीको चाप बढेको छ, मेसिनको अभाव छ । भएका चारमध्ये दुई मेसिन कामै नलाग्ने गरी बिग्रिएका छन् । अहिले दुई चलिरहेका छन् । उनले भने, “चलिरहेका दुईमध्ये पनि एउटा मेसिनले डायलासिस गर्दा पटक–पटक धोका दिइरहेको छ ।”

बिरामीका आफन्त हरेक दिनजसो आउनुहुन्छ पालो आएको छैन भनेर पठाउन बाध्य भएको डा. श्रेष्ठ बताउँछन् । बिरामीको चापअनुसारको डायलासिस मेसिन र दक्ष जनशक्तिको अभाव हुँदा बिरामी मर्कामा परेका छन् । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा रुपानन्द अधिकारीले डायलासिस गर्ने मेसिन मर्मत तथा खरीदका लागि पहल भइरहेको बताए ।

समयमै डायलासिस उपचार नपाएका कारण बाँकेमा पनि केही मिर्गौलापीडितको मृत्यु भइसकेको छ । बिग्रिएको डायलोसिस मेसिन मर्मतको प्रयास भइरहेको मेसु डा रुपानन्द अधिकारी बताउनुहुन्छ । मिर्गौलाका बिरामीलाई अस्पतालले सहजरुपमा डायलासिस सेवा उपलब्ध गराउँदै आएको मेसु अधिकारीको दाबी छ ।

मेसिनको अभावमा बिरामीले पालोसमेत पाउन नसकेपछि मिर्गौलारोगीका लागि भेरी अस्पतालमा दुई सिफ्ट मात्रै नभई २४ सै घण्टा डायलासिस सेवा शुरू गर्नुपर्ने मिर्गौलापीडितहरुको माग छ ।

दिउँसो र बिहान मात्र दिइँदै आएको डायलासिस सेवा साँझ र रातिमा पनि दिनुपर्ने र यसका लागि अस्पतालले आवश्यकताअनुसार जनशक्ति र मेसिनको व्यवस्थापन गर्नुपर्नेमा मिर्गौलापीडितहरूले आवाज उठाएका छन् ।

अहिले दैनिक चार जनाको डायलासिस हुँदै आएकामा सेवाअवधि थप भएपछि डालासिस सेवा पाउने बिरामीको सङ्ख्या पनि बढ्ने र डायलासिस गर्न जिल्ला बाहिर र निजी अस्पतालमा महङ्गो रकम तिर्नुपर्ने बाध्यताको अन्त्य हुनेछ ।

डायलासिस सेवा सञ्चालनमा रहे पनि पर्याप्त स्रोत र उपकरण नहुँदा आकस्मिक भर्ना भएका र नयाँ बिरामीले लामो समय कुर्दा पनि पालो नपाएर अन्यत्र जानुपर्ने बाध्यता छ ।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार  १० : ४९ बजे

हत्या अभियोगमा पक्राउ परेका युवा सार्वजनिक 

काठमाडौं– इलाका प्रहरी कार्यालय बनेपाले ८३ वर्षिय महिलाको हत्या अभियोगमा

अष्ट्रेलियाको जीवनस्तर तथा उत्पादकत्वमा गिरावट

क्यानबेरा– निजी क्षेत्रमा उचित प्रतिस्पर्धाको अभावले अस्ट्रेलियालीहरूको जीवनस्तर खतरामा परेको

चैते धानमा किसानको आकर्षण बढ्दै

भजनी– कैलालीको भजनी नगरपालिका–६ का पतीराम चौधरीले नौ वर्षदेखि चैते

इन्टरपोलमार्फत १३ जना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले एक वर्षमा १३ जना फरार अपराधीलाई अन्तर्राष्ट्रिय

एमडीएमएस प्रकरणमा प्राधिकरणका तत्कालीन दुई अध्यक्षसहित २० जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– नेपाल टेलिकमको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिद तथा