स्वारेज चम्किएपछि बार्सिलोना बिजयी | Khabarhub Khabarhub

स्वारेज चम्किएपछि बार्सिलोना बिजयी


१६ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– युएईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा बार्सिलोना बिजयी भएको छ ।

बुधबार राति भएको खेलमा बार्सिलोनाले इटालियन क्लब इन्टर मिलानलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा इन्टरमिलानविरुद्ध सुरुवाती अग्रता उल्ट्याँउँदै बार्सिलोना जित निकाल्न सफल भएको हो । बार्सिलोनाको जितमा दुबै गोल लुइस स्वारेज गरे । खेलको तेस्रो मिनेटमा लाउटारो मार्टिनेजले गोल गर्दै इन्टरलाई सुरुवाती अग्रता दिलाएको भए पनि जित निकाल्न सकेन ।

खेलको दोस्रो हाफमा स्वारेजले बार्सिलोनाका लागि दुई गोल गरेका थिए । ५८ औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई १–१ को स्थितिमा ल्याए । त्यस्तै खेलको ८४ औं मिनेटमा स्वारेजले थप एक गोल गार्दै बार्सिलोनाको जित सुनिश्चित गरे ।

जितसँगै समूह ‘एफ’को बार्सिलोनाले २ खेलमा ४ अंक जोडेको छ । बार्सिलोना तालिकाको दोस्रो स्थानमा छ । पहिलो खेलमा बार्सिलोनाले बोरुसिया डर्टमण्डसँग गोलरहित बराबरी खेलेको थियो ।

एक अंक जोडेको इन्टर तेस्रो स्थानमा रहेको छ । यस समूहमा ४ अंक जोडेको डर्टमण्ड शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार  ६ : ५४ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका