काठमाडौं चिनाउने बसन्तपुरको नाम पर्यटकीय गन्तव्यको सूचीमै परेन | Khabarhub Khabarhub

काठमाडौं चिनाउने बसन्तपुरको नाम पर्यटकीय गन्तव्यको सूचीमै परेन



काठमाडौं– सरकारले पर्यटकीय गन्तव्यका लागि सूचीकृत गरेका एकसय स्थानमा मल्लकालीन ऐतिहासिक क्षेत्र बसन्तपुरको नाम छुटेको छ । आर्थिक वर्ष २०७५/०७६ को बजेट बक्तव्यको बुँदा नं. ११४ बमोजिम नेपालमा पर्यटन प्रवर्धन तथा नयाँ गन्तव्य पहिचान एवं विकासका लागि तयार पारेको सूचीमा महानगरभित्रका ३ वटा मन्दिर मात्र परेका छन् ।

यद्यपि, महानगरभित्र ४ वटा विश्वसम्पदा क्षेत्र रहेका छन् । जसमध्ये बौद्ध स्तुपा, स्वयम्भू स्तुपा र पशुपतिनाथ मन्दिरको नाम समावेश गरिएको छ ।

त्यसो त, नेपाल भ्रमणमा आएका पर्यटक काठमाडौंको बसन्तपुर पुग्छन् नै । यो विश्व सम्पदा क्षेत्र पनि हो । सूचीमा किन अट्टाएन ? प्रश्नको उत्तरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं प्रवक्ता धनश्याम उपाध्याय भन्छन्, ‘त्यसबेला प्राप्त माग र सूचनाका आधारमा मन्त्रीस्तरीय निर्णयबाट गन्तव्य तय गरिएको हो । पछि थाहा भयो’, उनले भने, ‘समावेश हुनु पर्ने गन्तव्य बसन्तपुरको नाम छुटेको रहेछ ।’

त्यसबेला छुटेको नामपछि सुधार पनि त हुन सक्थ्यो नि । अर्को प्रश्नको उत्तरमा प्रवक्ता उपाध्यायले भने, ‘यो मन्त्रीस्तरीय निर्णयबाट मात्र परिमार्जन हुन सक्छ ।’

उपाध्यायका अनुसार प्रमुख पर्यटकीय गन्तव्य स्थापित गर्न, पूर्वाधार विकास कार्यक्रमअन्तर्गत गन्तव्य स्थानमा सूचीकृत गर्न आव्हान गरिएको सार्वजनिक सूचनाबाट प्राप्त निवेदन र सरोकारवाला निकायबाट प्राप्त सुझावका आधारमा गन्तव्य स्थान तय भएको थियो ।

यस सूचीमा काठमाडौं जिल्लाका सातवटा ठाउँलाई स्थापित तथा प्रवर्धन गरिनु पर्ने ठाउँको सूचीमा राखिएको छ ।

यीमध्ये चारवटा महानगरपालिकाभित्रका स्थानहरु (बौद्ध, स्वयम्भू, पशुपति र नारायणहिटी संग्रहालय) छन् ।

बुढानिलकण्ठ नगरपालिकाको बुढानिलकण्ठ, गोकर्णेश्वर नगरपालिकाको सुन्दरीजल, चन्द्रागिरी नगरपालिकाको चन्द्रागिरी समावेश छन् ।

यस सूचीमा (चन्द्रागिरी) नगरपालिकामा पर्ने दहचोकलाई नयाँ तथा विकास गरिनुपर्ने गन्तव्यको सूचीमा राखिएको छ ।

‘बसन्तपुर छुटाउँदा महानगरको पहिचान नै छुट्छ’ — प्रवक्ता डंगोल

विश्व सम्पदा क्षेत्र बसन्तपुरको नाम पर्यटकीय गन्तव्यको सूचीमा छुट्नु त्रुटी भएको महानगरपालिकाले जनाएको छ । ‘यस बिषयमा हामीले पर्यटनमन्त्रीलाई ध्यानाकर्षण गराउँछौं’ महानगरका प्रवक्ता ईश्वरमान डंगोलले भने ‘सूचीकृत गराउन अनुरोध गर्छौं ।’

बसन्तपुरको अवलोकन बिना पर्यटकले काठमाडौंको मौलिकता कसरी थाहा पाउँछन् ? डंगोलले प्रश्न गरे । पर्यटकीय गन्तव्यको सूचीमा बसन्तपुर छुटाउँदा महानगरको पहिचान नै छुट्ने उनको भनाइ छ ।

यो बिषयलाई महानगरको सम्पदा तथा पर्यटन समितिले गम्भीरताका साथ लिएको छ । समितिका संयोजक न्हुच्छेकाजी महर्जन भन्छन्, ‘बसन्तपुर बिना काठमाडौंको घुमाइ अधुरो हुन्छ ।’

मल्लकालदेखि शाहकालसम्मका भौतिक सांस्कृतिक संरचना र स्थानीय परम्परागत अमूर्त सम्पदालाई एकैपटक अवलोकन गर्न पाइने, जीवित देवी कुमारी भएको बसन्तपुर महानगरको प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक हो ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ४ : २४ बजे

कोशी प्रदेशमा संकल्प प्रस्ताव टेबुल

काठमाडौं– कोशी प्रदेशमा संकल्प प्रस्ताव टेबुल भएको छ । नेकपा

रुखबाट खसेर एक जनाको मृत्यु

ढोरपाटन– बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एक जनाको मृत्यु

आफ्ना नागरिकलाई इजरायल छोड्न अस्ट्रेलियाको निर्देशन

काठमाडौं– अस्ट्रेलियाले आफ्ना नागरिकलाई इजरायल छोड्न निर्देशन दिएको छ ।

सोमपालको बलमा युएइका कप्तान आउट

काठमाडौँ– नेपालले युएईविरुद्ध पहिलो सफलता हासिल गरेको छ । एसीसी

नेपालले युएईलाई दियो १२० रनको लक्ष्य

काठमाडौं– नेपालले युएईलाई १२० रनको लक्ष्य दिएको छ । एसीसी