क्यालिफोर्नियामा भएको डुङ्गा दुर्घटनामा २५ जनाको मृत्यु | Khabarhub Khabarhub
Logo
११ फाल्गुन २०७६, आईतबार

क्यालिफोर्नियामा भएको डुङ्गा दुर्घटनामा २५ जनाको मृत्यु



लस एन्जल्स– अमेरिकाको क्यालिफोर्निया राज्यमा डुङ्गा दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ ।

लस एन्जल्स शहरबाट १४५ किलोमिटर पश्चिममा रहेको सान्टा क्रुज टापुनजिकै डाइभ बोटमा एक्कासी आगलागी भएको अधिकारीले जनाएका छन् ।

दुर्घटनाका क्रममा हराइरहेका २५ जनाको शव भेटिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटनामा हराइरहेका अन्य ९ जनाको खोजीकार्य जारी छ ।

डुङ्गामा ३९ जना सवार रहेकोमा ५ जनालाई भने सकुशल उद्धार गरिएको छ ।

डुङ्गामा आगलागी के कारण भएको भन्ने स्पष्ट भइसकेको छैन । दुर्घटनाग्रस्त डुङ्गाको भग्नावशेष सान्टा क्रुज टापुको उत्तरतर्फ ६४ फिटको गहिराईमा रहेको बताइएको छ ।


भर्खर

0