हुन्डी रोक्ने सरकारको प्रयास असफल, प्रतिबन्धित बाटोबाटै भित्रन्छ साढे २ खर्ब | Khabarhub Khabarhub

हुन्डी रोक्ने सरकारको प्रयास असफल, प्रतिबन्धित बाटोबाटै भित्रन्छ साढे २ खर्ब


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीमा कार्यरत नेपाली श्रमिकले पठाउने ३५ प्रतिशत (साढे २ खर्ब) रेमिट्यान्स अवैध बाटो हुन्डीमार्फत नेपाल भित्रिने गरेको पाइएको छ । विश्वका १ सय ८९ देशबाट वार्षिक ७ खर्ब ८३ अर्ब ६० करोड रूपैयाँ रेमिट्यान्स वार्षिक भित्रिने गरेको नेपाल राष्ट्र बैंकको तथ्याकमा उल्लेख छ ।

जसमा साढे २ खर्ब रेमिट्यान्स अबै बाटो भएर आउने गरेको सरकारी अनुमान छ । नेपालमा वार्षिक ३५ प्रतिशत रेमिट्यान्स अवैध बाटो भएर भित्रिने गरेको राष्ट्र बैकले गत वर्ष गरेको ‘माइग्रेसन एन्ड रेमिट्यान्स रिपोर्ट’ मा उल्लेख छ । सोही अध्ययनलाई बैकले आधार मान्दै आएको छ ।

राष्ट्र बैंकले गत वर्ष गरेको उक्त अध्ययनमा वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकले औसतमा वार्षिक ६ पटकसम्म रेमिट्यान्स आफन्तका नाममा पठाउने गरेका छन् । जसमा ६५ प्रतिशत मात्र रकम औपचारिक अर्थात् बैंकिङ च्यानलबाट नेपाल भित्रने गरेकोछ ।

बाँकी ३५ प्रतिशत रकम अनौपचारिक माध्यम, हुन्डी, ह्यान्डक्यारीमार्फत नेपाल भित्रिने गरेको बैंकको अनुमान छ । एसियाली विकास बैंकले गरेको एक अध्ययनका अनुसार करिब २० अर्ब रूपैयाँ बराबरको रकम नेपालीहरूले बिदामा आफैं आउँदा वा साथीभाइ घर आउँदा ‘ह्यान्डक्यारी’ मार्फत् पठाउँछन् । यो पनि बैकिङ च्यानलबाट नभइ ह्यान्ड क्याश आउने हुँदा हुन्डी नै मानिन्छ ।

राष्ट्र बैकका अनुसार आर्थिक वर्ष २०७५/७६ मा विश्वका १ सय ८९ देशबाट ७ खर्ब ८३ अर्ब ७८ करोड ४१ लाख ९८ हजार ८ सय ६ रुपैयाँ रेमिट्न्यान्स नेपाल भित्रिएको छ । जसका आधारमा करिब साढे २ खर्ब रेमिट्यान्स हुन्डीमाफर्त नेपाल भित्रिरहेको छ ।

हुन्डीमार्फत नेपाल भित्रिने रेमिट्यान्स रोक्न सरकारले प्रयास गरिरहेको राष्ट्र बैकका प्रवत्ता लक्ष्मीपन्ना निरौलाले बताए । बैकले विदेशमा रहेका नेपाली नागरिकलाई पनि बैकिङ पहुँचमा ल्याउन छलफल र प्रयास गरिरहेको उनले बताए । उनले भने, ‘हुन्डीमार्फत रेमिट्यान्स आउँछ । यसलाई रोक्नुपर्छ । अवैध बाटो भएर रेमिट्यान्स आउँदा कर छली पनि भइरहेको छ । हुन्डीमार्फत रेमिट्यान्स पठाउँदा धेरै आर्थिक शोषणमा परिरहेका छन् । प्रमाण नुहँदा कानूनी कारवाही गर्न पनि समस्या भइरहेको छ ।’

विप्रेषण आप्रवाह वार्षिक रुपमा ९.२ प्रतिशतले वृद्धि भइरहेको बैकले जनाएको छ । रेमिट्यान्समा सबैभन्दा बढी निर्भर हुने मुलुकभित्र नेपाल पनि पर्छ । विश्व बैंकले गरेको अध्ययनमा नेपाली अर्थतन्त्रको ठूलो हिस्सा रेमिट्यान्सले ओगटेको औल्याएको थियो । पछिल्लो समय नेपालमा सर्वाधिक रेमिट्यान्स भारतबाट आउने गरेको राष्ट्र बैकको तंथ्याकमा छ । भारत, अमेरिका, कतार, साउदी अरब, यूएई कुवेत, चीन, अष्ट्रेलिया, बंगलादेश छन् । यी देशबाट रेमिट्यान्स धेरै आउने गरेको छ ।

हुन्डीमार्फत बढी रेमिट्यान्स भित्रिने देश कुन?

नेपाली कामदारको आकर्षक श्रम गन्तव्य मानिएको दक्षिण कोरियाबाट वार्षिक ४५ अर्ब रूपैयाँ बराबरको रेमिट्यान्स भित्रिनुपर्नेमा करिब ३२ अर्बमात्र औपचारिक माध्यमबाट भित्रिइरहेको छ । यो देशबाट १३ अर्ब रेमिट्यान्स हुन्डीमार्फत आउने गरेको छ । इजरायल, बेलायत, हङकङ र अष्ट्रेलियाबाट वार्षिक ४० अर्ब रूपैयाँभन्दा बढी रेमिट्यान्स हुन्डीबाट भित्रिने गरेको अर्थमन्त्रायको अनुमान छ ।

सरकारद्वारा औपचारिकरूपमा काममा जान प्रतिबन्ध लगाइएका अफगानिस्तान, इराक र सरिया देशबाट पनि हुन्डीमार्फत रेमिट्यान्स आउने गरेको छ । चीन, भारत, खाडीका देश, युरोप, अफ्रिका, क्यानडा, अमेरिका र मलेसियाबाट ठुलो मात्र रेमिट्यान्स हुन्डीमार्फत आउने गरहेको सरकारी अनुमान छ ।

छिमेकी मुलुक भारतमा रोजगारीका लागि जाने नेपालीको संख्या पनि ठूलो छ, त्यहाँबाट वार्षिक २५ अर्ब रूपैयाँ भित्रने गरेको बैकको अनुमान छ । अध्ययनलाई आधार मान्दा विकसित राष्ट्रहरूबाट मात्र नभई भुटान, बंगलादेश, भियतनामजस्ता देशबाट हुन्डीमार्फन रेमिट्यान्स आउने गरेको छ ।

चीन, हंङकङ, भारत र थाइल्याण्ड हुँदै नेपालमा हुन्डी

नेपालमा चीन, हंङकंङ, भारत र थाइल्याण्ड हुँदै धेरै हुन्डीमार्फत रेमिट्यान्स भित्रिने गरेको छ । चीन, हंङकंङ र थाइल्याण्डमा धेरै हुन्डीको कारोवार हुन्छ । यी देशमार्फत सामान सप्लाई गर्दा हुन्डीका कारोवार हुने गरेको छ । नेपालमा धातुको सामान, रक्सी, कपडा व्यापार, औषाधीका सामानबाट हुन्डीको कारोवार भएर रेमिट्यान्स भित्रिने गरेको अर्थमन्त्रालयका एक कर्मचारी बताउँछन् ।

चीन, हंङकंङ, भारत र थाइल्याण्डका व्यापारीले हुन्डीमार्फत सामान खरिद गरिरहेका छन् । यी देशमा बसेर एसियाका देशमा हुन्डीको व्यापार गरिरहेको ती कर्मचारीको भनाई छ । बैक पहुँच भएपनि धेरै रकम पाउने आसमा धेरैले हुन्डीमार्फत पैसा पठाउने गरेका छन् । विश्व बजारमा चलेको मुल्यभन्दा धेरै पैसा सटही हुन्डी व्यापारीले दिने गरेको पाइन्छ ।

हुन्डीमार्फत पैसा पठाउदाँ धेरै विदेशमा रहेका नेपाली ठगीमा पर्ने गरेका छन् । उनीहरुले पठाएको पैसा सम्बन्धी व्यक्तिसम्म आई पुग्दैन ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  १२ : १३ बजे

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही

प्रधानमन्त्री भन्छन् – बजेट निर्माणमा आफैँले कमान्ड लिन्छु

मकवानपुर – प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी वर्षको बजेट निर्माणमा आफैँले

आईपीएलमा आज बेंगलुरु र कोलकाता भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज रोयल च्यालेन्जर्स बेंगलुरु र