साम्राज्ञीको अभिनयमा सुधार ! | Khabarhub Khabarhub

साम्राज्ञीको अभिनयमा सुधार !


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले चलचित्र ‘ड्रिम्स’ बाट नेपाली फिल्म उद्योगमा डेब्यु गरिन् । यो फिल्मले उनलाई एकाएक चर्चित बनायो । एकाएक सबैको नजरमा परिन् उनी । त्यसपछि लगातार गरेका उनका अन्य फिल्मबाट साम्राज्ञीले आरोप पनि खेप्नुप–यो कि, सबै फिल्ममा एकनासको अभिनय भयो ।

हाल रिलिज भएको चलचित्र ‘मारुनी’ मा भने साम्राज्ञीले पहिलेका तुलनामा अभिनयमा सुधार गरेकी छिन् ।

उनको अभिनयको धेरैले तारिफ गरेका छन् ।

चलचित्रमा साम्राज्ञीले एक प्रेमीकाको भूमिका निभाएकी छिन् । आफ्नो बच्चादेखिको प्रेम पाउन गर्ने कसरत फिल्ममा देखाइएको छ । साम्राज्ञीले चलचित्रमा एक समलिंगी पात्रको भूमिका निभाएकी छिन् ।

नवल नेपालले निर्देशन गरेको यो फिल्ममा पुष्प खड्का, रेविका गुरुङ, प्रधान, अर्जुन श्रेष्ठ, शंकर सेढाइ, विनोद भट्टराई, सुशील श्रेष्ठ लगायतले समेत अभिनय गरेका छन् ।

फिल्ममा पुनप गौतमको लगानी छ भने नवल नेपालको लेखन तथा निर्देशन छ । निर्देशक नेपाललाई फिल्म लेखनमा गोविन्द फुयाँलले साथ दिएका छन् ।

मित्र डी गुरुङको सम्पादन, सञ्जय लामाको छायांकन रहेको यो फिल्मले हलमा मिश्रित प्रतिक्रिया पाएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  १० : २९ बजे

व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै प्राविधिक शिक्षालय

गलेश्वर– विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर म्याग्दीको एक

सशस्त्रका एसएसपी अधिकारी डीआईजीमा सिफारिस

काठमाडौं– सशस्त्र प्रहरी बलका एसएसपी दीपक अधिकारी नायब महानिरीक्षक (डीआईजी)

१० मिनेट नबित्दै नेपाली विषयको प्रश्न पत्र बाहिरिएपछि…

सिरहा– सिरहामा परीक्षा सञ्चालन भएको १० मिनेट नबित्दै परीक्षकको नेपाली विषयको

छ करोडको लागतमा पालिका भवन निर्माण

दमौली– तनहुँको म्याग्दे गाउँपालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न भएको छ

किन विवादमा पर्यो एसपी बढुवा सिफारिस ?

काठमाडौं– नेपाल प्रहरीका आठ प्रहरी नायब उपरीक्षक (डिएसपी) लाई प्रहरी