सर्वधर्म समभाव-पुर्खाको विरासत | Khabarhub Khabarhub

सर्वधर्म समभाव-पुर्खाको विरासत


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हिजो हिन्दु धर्मावलम्बी नेपाली महिलाहरु महान चाड़ हरितालिका तीजको व्रत बसे । भाद्र महिनामा शुक्ल पक्षको तृतीया तिथिका दिन निराहार व्रतबसि आराध्य देव पशुपतिनाथ लगायतका शिवालयहरुमा अभिषेक सहित पूजागर्ने चलन छ । प्राचीन कथा अनुसार देवी पार्वतीले भगवान शिवलाई पतिको रुपमा पाउन कठोर तप गरेकी थिइन ।

यही क्रममा पार्वतीले आजैका दिन अर्थात भाद्र शुक्ल तृतीयामा चन्द्रमा हस्त नक्षत्रमा हुँदा गंगा नदीको किनारमा बालुवाको शिवलिंग निर्माण गरी निराहार रही रात्री जाग्राम बसेर आराधना गर्दा भगवान शिव प्रसन्न भई उनलाई पत्नीकोरुपमा स्वीकार गरेका थिए । सोही धार्मिक विश्वासका आधारमा नेपाली महिलाहरुले तीजका दिन व्रत बस्ने गरेका छन् ।

यसै गरी इस्लाम धर्मावलम्बीहरुको नयाँ बर्ष शुरु भएको छ । इस्लामी मतानुसार यसलाई ‘हिजरी’ पञ्चांग भनिन्छ । इस्लाममा चन्द्रमालाई आधार मानेर सालको गणना गरिने भएकोले नववर्षको पहिलो दिन अलग–अलग देशमा फरक हुने गरेका छन् । जस अनुसार यो सालको नववर्ष साउदी अरब र दुबईकालागि आइतबार मानिएको छ भने कतिपय मुस्लिम देशमा यो शनिवार नै भईसकेको छ ।

चन्द्र क्यालेण्डर भएका कारण वर्षको शुरुवात बिहानको ठाँउमा साँझबाट शुरु हुने प्रचलन छ । वर्ष भरिमा १२ महिना भएपनि महिनाका दिनहरु २९ र ३० दिनका मात्र भएकोले पूरा साल जम्मा ३५४.३६ दिनकोहुने गर्दछ । यो वर्ष इस्लामिक हिजरी १४४१ औं हो ।

‘मोहर्रम’ (मुहरम उल–हराम) लाई इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मद साहेब ले साउदी अरबको मक्का बाट ३२० कि.मी. टाढ़ा ‘यथ्रीब’ (वर्तमानमा मदीना) कालागि प्रस्थान गरेको महिनालाई भनिन्छ र महिनाको पहिलो दिन लाई ‘मोहर्रम’ शुरु भएको गनिन्छ । पैगम्बर मोहम्मदको प्रवासलाई अरबी भाषामा ‘हिज्ÞरÞत’ भनिएकोले वार्षिक क्यालैण्डरको नाम ‘हिजरी’ राखिएको छ । इस्लामिक नववर्षको शुरुवात अथवा ‘मोहर्रम’ लाई मुसलमानहरुको शिया र सुन्नी समुदायले फरक ढंगले मनाउने चलन छ ।

शिया समुदायका मुसलमानहरुकालागि यो बलिदान दिवसकोरुपमा मनाइन्छ भने सुन्नी समुदायका ले उत्सवको रुपमा मनाउने गर्छन् । जस अनुसार शियाहरुले आफ्नो छाती पिट्ने र अंगार माथि हिड्ने गर्छन र सुन्नीहरुका लागि ‘हजरत मुसा’ को रक्षा ‘अल्लाह’ द्वारा गरिएकोले उत्सव मनाइन्छ ।

यही दिन कर्बला (हाल इराकको बगदाद शहर)को युद्घमा पैगम्बर मोहम्मदका नाति ‘इमाम हसन’ र ‘हुसैन’ आफ्ना सेना सहित नगर प्रवेश गरेका थिए । पैगम्बर हजरत मोहम्मदका नाति हसन र हुसैन मोहर्रमको दसौं दिन शहादत प्राप्त गरेका थिए । त्यसैले हिजरी पञ्चांगको पहिलो दिन देखि दसौं दिन सम्म मोहर्रम मनाउने चलन छ ।

हाम्रो मातृभूमि एउटा शान्त, धार्मिक र सांस्कृतिक सद्भाव सहितको स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्रको रुपमा रहि रहन आफ्नो पुर्खाले बसालेको आस्थामा फर्किनु पर्दछ ।

मुसलमान समुदायको पर्व भएपनि नेपालका हिन्दुहरुलेपनि यो पर्वलाई उत्तिकै श्रद्घा र महत्वका साथ मनाउदै आएका छन् । यस्मा बाँस र कागजको ताजिया बनाएर ढोल, तासा र झाज बजाउने चलन रहेको छ । यस्का साथै अधिकाश हिन्दु युवाहरुले नै खेलकूद र विशेषतः लाठी चलाएर देखाउने गरेका छन् । वास्तवमा नेपाली समाजको यर्थाथता यही थियो र हो ।

तर सामाजिक सद्भावको अनुपम नमुना प्रस्तुत गर्दै आएको देश नेपालमा जनअपेक्षा र जनआन्दोलनको माग बिना नै हिन्दु राष्ट्रको मौलिक पहिचान समाप्त पारि हठात धर्मनिरपेक्षता घोषित गरियो । विश्वका विकसित राष्ट्रहरुलेपनि आफ्नो मौलिक पहिचानलाई सम्मानपूर्वक संरक्षण गरिरहेको छ ।

दुनियाँभर आजपनि ७१ देशमा ईसाइ, ५४ देश इस्लाम, ९ वटा बुद्घिष्ट र एउटा यहुदी धर्म मान्ने छन् । नेपालमा पछिल्लो जनगणना अनुसार ८१.३% हिन्दु, ९% बुद्घिष्ट, ४.४% इस्लाम, १.४% ईसाइ र ०.९% अन्य धर्मावलम्बीहरुको बसोबास छ । तर हिन्दुत्व नै नेपालको एकमात्र विशिष्ट पहिचान रहि आएकोमा तत्कालका लागि समाप्त गराइएको छ ।

तीजका दिन निराहार व्रत बसेका नेपाली महिलाहरु समस्त हिन्दुको आराध्य देव भगवान पशुपतिनाथको प्राङ्गणमा बिहान तीन बजेदेखि लामबद्घ भएर दर्शनकालागि प्रतिक्षारत थिए । केही वर्ष अघि यो आस्था माथि प्रहारगर्न नव उत्पादित ईसाइ धर्मावलम्बीहरुले नेपाली पहिचानको प्रमुख केन्द्र रहेको पशुपति क्षेत्रमा आफ्नो क्रस चिह्न सहितको चिहान राख्न सरकारी तवरबाटै अनुमति प्राप्तगर्न प्रयासरत हुँदा तत्कालीन सरकार मूक दर्शक बनेको विषय सबैको स्मरणमा हुनु पर्छ । तर जनस्तरको विरोध र सर्वोच्च अदालतको आदेशका कारण त्यो सम्भव भएन । यो कार्य हिन्दु धर्मावलम्बीहरुलाई हतोत्साहित बनाई नेपालमा मनपरि खेल खेल्ने योजना का साथ प्रायोजन गरिएको थियो ।

नेपालमा धर्मनिरपेक्षताको आवरणमा गहिरो षडयन्त्र लुकाइएको छ । वर्तमान विश्वमा सैन्य आक्रमणका सम्भावनाहरु घट्दै गएका छन् तर साइबर खतरा दिनानुदिन बढ्दै गएको छ । गत शनिवार काठमाडौं स्थित प्रभु बैंक र एनआईसी एसिया बैंकका एटिएमबाट ह्याकिङ गरेर धेरै रकम निकालियो । प्रहरीको सक्रियताले पाँच जना चिनियाँ नागरिक यस अपराधमा गिरफ्तार गरिएका छन् ।

केही अघि उत्तर कोरियाली नागरिकहरु काठमाडौंको एउटा अपार्टमेन्टबाट यस्तै प्रकारको आपराधिक गतिविधिमा फेला पारिएका थिए । यस्ता घटनाक्रमहरु देखाएर अमेरिकाले साईबर अपराध नियन्त्रणमा सघाउन सहयोगको प्रस्ताव गरेका छन् । धर्मसंग सरोकार भएको नदेखिएपनि यस्ता घटनाहरुकोलागि सहज परिस्थिति निर्माणगर्न हिन्दु राष्ट्रको पहिचान विसर्जन गरिए सरह राष्ट्र प्रतिको दायित्वबोधमा कमजोर प्रस्तुतिले कारक तत्वकोरुपमा काम गरेका छन् ।

विश्वको एकमात्र हिन्दू राष्ट्रको गौरवशाली इतिहासलाई बलपूर्वक विसर्जित गराउँदाको परिणामस्वरुप देश दिनानुदिन परिस्थितिजन्य दुष्चक्रमा फस्दै गएको छ । ‘सर्व धर्म समभाव’का साथ बाँचेको नेपाली समाज आज द्वन्द्वरत छ । संसदमा लगभग दुई तिहाईको बहुमतसहित बलियो सरकार हुँदापनि जनतामा निराशा बढ्दै जानु शुभ संकेत मान्न सकिदैन ।

आम नेपाली जनमानसको जीवन पद्घति हिन्दु धर्मसंग जोडि़एका सांस्कृतिक रीतिरिवाज र चाड़ पर्वमा आधारित छ । हाम्रो मातृभूमि एउटा शान्त, धार्मिक र सांस्कृतिक सद्भाव सहितको स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्रको रुपमा रहि रहन आफ्नो पुर्खाले बसालेको आस्थामा फर्किनु पर्दछ । अन्यथा नयाँ नेपाल बनाउने अभियानले देशलाई सके विसर्जन नभए विखण्डनको बाटो तर्फ लाँदैछ कि भन्ने चिन्ता सर्वत्र पैmलिदै गएको देखिन्छ ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ८ : ११ बजे

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना

डोटीमा आगोले जलेर एक महिला घाइते

डोटी । डोटीमा आगोले जलेर एक महिला घाइते भएकी छन्।

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय