अन्तर्राष्ट्रिय विद्यार्थीलाई निःशुल्क उच्च शिक्षा दिने १० मुलुक | Khabarhub Khabarhub

अन्तर्राष्ट्रिय विद्यार्थीलाई निःशुल्क उच्च शिक्षा दिने १० मुलुक


१८ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-विदेश गएर उच्च शिक्षा अध्ययन गर्ने हरेक विद्यार्थीको चाहना हुन्छ । विदेशमा उच्च शिक्षाको स्तर र पूर्वाधार नेपालको भन्दा राम्रो हुने भएकाले नेपाली विद्यार्थीहरु हरेक वर्ष उच्च शिक्षाका लागि विदेश जाने गरेका छन् । तर, विश्वविद्यालय वा कलेजको शुल्क भने हरेक विद्यार्थीका लागि चिन्ताको विषय हुने गरेको छ । यहाँ हामीले त्यस्ता १० देशको सूची तयार पारेका छौं जसले विदेशी विद्यार्थीलाई पनि निःशुल्क वा एकदमै न्यून शुल्कमा उच्च शिक्षा उपलब्ध गराउँदै आएका छन् ।

स्पेन

स्पेनमा विदेशी विद्यार्थीका लागि अध्ययन शुल्क एकदमै न्यून छ । यहाँका प्रतिष्ठित कलेज तथा विश्वविद्यालयले अन्तर्राष्ट्रिय विद्यार्थीलाई उच्चस्तरको शिक्षा उपलब्ध गराउँदै आएका छन् । यहाँका विश्वविद्यालयका विभिन्न कोर्समा स्नातकदेखि विद्यावारिधिसम्म अन्यन्त न्यून शुल्कमा अध्यापन हुन्छ । शिक्षाको स्तरसँगै स्पेन सँस्कृतिमा पनि उत्कृष्ट छ । बार्सिलोनाको विश्वविद्यालय, सेभिलको विश्वविद्यालय र अल्मेरियाको विश्वविद्यालयजस्ता स्पेनका उच्चस्तरीय विश्वविद्यालयमा विदेशी विद्यार्थीको भर्ना पनि उच्च हुन्छ ।

ग्रिस

ग्रिसमा जीविकोपार्जनका लागि हुने खर्च एकदमै थोरै छ । त्यस्तै, यहाँका विश्वविद्यायले स्नातकोत्तरदेखि विद्यावारिधीसम्म विभिन्न कोर्समा अध्यापन गराउँछन् । यहाँका अधिकांश कोर्समा अंग्रेजी भाषामा अध्यापन हुने गरेको छ । सोही कारण विदेशी विद्यार्थीलाई अध्ययन गर्न समेत सहज हुन्छ । यहाँको इतिहास र सँस्कृति पनि गौरवशाली छ । प्लाटो, अरस्तुलगायतका दार्शनिकको जन्मस्थान ग्रिसको आधुनिक शिक्षाको स्तर पनि उच्चस्तरीय छ ।

बेल्जियम

युरोपेली मुलुक बेल्जियमको शिक्षा क्षेत्रको पूर्वाधार धेरै नै विकसित छ । बेल्जियमको शिक्षाको गुणस्तर पनि निकै नै राम्रो मानिन्छ । यसबाट विद्यार्थीहरुले सैद्धान्तिकका साथै व्यवहारिक ज्ञान समेत प्राप्त गर्ने गरेका छन् । बेल्जियममा शिक्षा क्षेत्र पनि अत्यन्त सस्तो छ । औसत विदेशी विद्यार्थीहरुले समेत सहजै तिर्नसक्ने गरी अध्ययन शुल्क निर्धारण गरिएको छ । निश्चित कोर्स पूरा गरेपछि विदेशी विद्यार्थीले समेत बेल्जियमका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरुमा भर्ना पाउने गरेका छन् ।

फ्रान्स

केही सार्वजनिक विश्वविद्यालयमाबाहेक फ्रान्सको उच्चशिक्षा निःशुल्क छ । अध्ययन शुल्क लाग्ने विश्वविद्यालयमा पनि शुल्क एकदमै थोरै छ । विदेशी विद्यार्थीका लागि यहाँको शिक्षा क्षेत्र धेरै नै न्यून शुल्कको छ । त्योबाहेक फ्रान्स सँस्कृति र इतिहासमा पनि धेरै नै सम्पन्न छ । त्यसैले नेपाली विद्यार्थीहरुका लागि उच्च शिक्षा अध्ययन गर्न फ्रान्स गतिलो गन्तव्य हुनसक्छ ।

चेक गणतन्त्र

चेक गणतन्त्र उच्च शिक्षाका लागि युरोपमा मात्र विश्वभर प्रख्यात छ । विदेशी विद्यार्थीका लागि यहाँ अध्ययन शुल्क पनि अत्यन्त न्यून छ । यहाँका अधिकांश कोर्सहरु चेक भाषामा अध्यापन गराइन्छ । तैपनि केही विश्वविद्यालय तथा कलेजहरुले अंग्रेजी भाषामा पनि अध्यापन गराउने गरेका छन् । चिकित्सा, इन्जिनियरिङ, विज्ञानका क्षेत्रमा चेक गणतन्त्रमा उच्च स्तरको शिक्षा प्रदान गरिन्छ ।

फिनल्याण्ड

फिनल्याण्डको शिक्षा प्रणाली विश्वभर प्रख्यात छ । शिक्षा प्रणालीको क्षेत्रमा फिनल्याण्डको नाम शीर्ष स्थानमा रहँदै आएको छ । फिनल्याण्डको उच्च शिक्षा कुनै पनि मुलुकका विद्यार्थीका लागि निःशुल्क रहँदै आएको थियो । यद्यपि सन् २०१७ मा शिक्षा क्षेत्रमा सुधारका क्रममा गैर युरोपेली मुलुकका विद्यार्थीलाई उच्च शिक्षाका लागि एकदमै न्यून शुल्क तोकिएको छ ।

अष्ट्रिया

अष्ट्रियामा एकदमै न्यून शुल्कमा उच्च शिक्षा अध्ययन गर्न सकिन्छ । यहाँको जीविकोपार्जनका लागि गरिने खर्च पनि एकदमै थोरै छ । अष्ट्रियाको शिक्षा क्षेत्र अत्यन्त विकसित मानिन्छ भने यहाँका विश्वविद्यालयहरुले सयौं कोर्सहरु उपलब्ध गराउँदै आएका छन् । त्यस्तै, अष्ट्रियाको सँस्कृति पनि उत्तिकै सम्पन्न छ ।

स्विडेन

उच्च शिक्षाको क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाएको स्विडेनमा अध्ययन गर्न जुनसुकै मुलुकका विद्यार्थीलाई निःशुल्क छ । स्विडेनमा विश्वविद्यालयको अध्ययन निःशुल्कमात्र छैन, स्विडिश विश्वविद्यालयका लागि अध्ययन तथा शोध अनुसन्धान गर्नका लागि आर्थिक सहयोग समेत प्राप्त गर्न सकिन्छ । स्विडेनका विभिन्न विश्वविद्यालयहरुले विदेशी विद्यार्थीहरुलाई विशेष छात्रवृत्ती समेत दिने व्यवस्था मिलाएका छन् ।

नर्वे

नर्वेको उच्च शिक्षा पनि पूर्ण रुपमा निःशुल्क छ । यहाँका करदाताहरुले तिरेको पैसाले नर्वेको शिक्षा क्षेत्र सबल बनेको छ । तैपनि नर्वेका अधिकांश विश्वविद्यालयहरुले नर्वेजियन भाषामा अध्यापन गराउने भएका कारण विश्वविद्यालय भर्ना हुनुअघि त्यहाँको भाषामा निपुर्ण हुनुपर्छ ।

जर्मनी

उच्च शिक्षाको क्षेत्रमा अर्को प्रतिष्ठित मुलुकको नाम हो, जर्मनी । जर्मनीका अधिकांश विश्वविद्यायलमा अध्ययन गर्दा कुनै शुल्क लाग्दैन । भर्ना गर्ने बेला र सामान्य प्रशासनका लागि एकदमै न्यून शुल्क उठाइन्छ । त्योबाहेक जर्मनीमा अंग्रेजी भाषामा समेत अध्यापन हुने भएकाले विदेशी विद्यार्थीका लागि जर्मनी आकर्षक गन्तव्य रहँदै आएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७६, शनिबार  १० : ४८ बजे

पोखरा विमानस्थल निर्माणमा गडबडी – अनुसन्धानमा विष्णु पौडेलदेखि लोकेन्द्र विष्टसम्म तानिन सक्ने

काठमाडौं – हालसम्मकै ठूलो भ्रष्टाचार भएको भनिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक

मनहरी । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा छ

योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योजना कार्यान्वयनका लागि रचनात्मक

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि मोहम्मद अफताव आलमलाई जन्म कैदसम्म

मन्त्रिपरिषद् बैठक  सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु

नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास 

काठमाडौं- सशस्त्र प्रहरीले चितवनको नारायणी नदीमा सेमुलेशन अभ्यास सम्पन्न गरेको