आफैले आयोजना गरेको पार्टीमा ‘रासलीला’ मच्चाउँदा शारजाहका राजकुमारको ज्यान गयो | Khabarhub Khabarhub

आफैले आयोजना गरेको पार्टीमा ‘रासलीला’ मच्चाउँदा शारजाहका राजकुमारको ज्यान गयो


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दुबई– हालै संयुक्त अरव इमिरेट्स (यूएई) अन्तर्गतको शारजाह इमिरेटका राजकुमार आफैले आयोजना गरेको एक आलिशान पार्टीमा रासलीला मच्चाउँदा ज्यान गएको छ ।

३९ वर्षे राजकुमार शेख खालिद बिन सुल्तान अल कशिमीले लण्डनस्थित एक आलिशान अपार्टमेन्टमा उक्त पार्टीको आयोजना गरेका थिए । लण्डनको नाइटब्रिज क्षेत्रमा रहेको उक्त अपार्टमेन्टमा गरिएको सो पार्टीमा राजकुमारले विभिन्न अवैध औषधीहरुको अत्याधिक सेवन गरेका थिए । सोही कारण उनको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ ।

घटनापछि प्रहरीले सो ठाउँमा अवैध औषधीहरु फेला पारेको थियो । पार्टीमा सहभागीहरुले यौनजन्य गतिविधि समेत गरेको प्रहरीले जनाएको छ । राजकुमार शेख खालिद बिन सुल्तान अल कशिमीको बुधबार अन्त्यष्टि गरिएको छ । शारजाहका शासक डा. सुल्तान बिन मोहम्मद अल कशिमीको रोहबरमा किङ फैसाल मस्जिदमा उनको अन्त्येष्टि गरिएको हो ।

अन्त्यष्टिमा हजारौं मानिसको सहभागिता थियो । उनको निधनपछि शारजाह सरकारले तीन दिनका लागि राष्ट्रिय शोकको घोषणा गर्दै झण्डा आधा झुकाउने जनाएको छ । शारजाहमै जन्मेर ९ वर्षको उमेरदेखि उनी बेलायतमा बसोबास गर्दै आएका थिए । उनले बेलायतको केन्टस्थित प्रतिष्ठित टोनब्रिज विद्यालय, इम्पेरियल कजेल लण्डन र सेन्ट्रल सेन्ट मार्टिन्सको आर्ट स्कूलमा अध्ययन गरेका थिए । सन् २००८ मा उनले कशिम ओम नामक कपडा ब्राण्ड समेत स्थापना गरेका थिए ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  ८ : ३३ बजे

सर्वदलीय सरकार बनाउन मुख्यमन्त्री कार्कीको अपिल

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सर्वदलीय सरकार बनाउन अपिल

सुप्रिम सहकारी ठगी प्रकरणमा दिपेश पुनसँग ४ लाख धरौटी माग

काठमाडौं– बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले पूर्वउपराष्ट्रपति

दाङमा आगलागीबाट एक जनाको मृत्यु

दाङ– दाङमा आगलागीबाट एक जनाको मृत्यु भएको छ । मृत्यु

नेपाल सेमिफाइनलबाट बाहिरियो, एशिया कपमा छनौट हुन असफल

काठमाडौँ– नेपाल एशिया कपमा छनौट हुन असफल भएको छ ।

सर्वोच्चको फैसला नआएसम्म कांग्रेसले गण्डकी प्रदेश सभा बहिष्कार गर्ने

पोखरा– नेपाली कांग्रेसले गण्डकी प्रदेश सभा बैठक बहिस्कार गर्ने निर्णय