जापानमा भारी वर्षापछि २० लाखलाई सुरक्षित स्थानमा जान निर्देशन | Khabarhub Khabarhub

जापानमा भारी वर्षापछि २० लाखलाई सुरक्षित स्थानमा जान निर्देशन


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टोकियो– जापानमा भारी वर्षापछि करिब २० लाखलाई सुरक्षित स्थानतर्फ जान निर्देशन जारी गरिएको छ ।

दक्षिण जापानको क्युशु टापुको कागोशिमा र मियाजाकी प्रान्तमा १० लाख २० हजारभन्दा धेरैलाई सुरक्षित स्थानमा सार्न निर्देशन जारी गरिएको हो । त्यसबाहेक ९ लाख ३० हजारलाई पनि सुरक्षित स्थानमा सर्न सल्लाह दिइएको छ । यद्यपि कति जना सुरक्षित स्थानतर्फ सरेका छन् भन्नेबारे केही खुलाइएको छैन ।

गत शुक्रबारबाट हालसम्म १ हजार मिलिमिटर वर्षा भएको र आगामी केही दिनमा योभन्दा भारी वर्षा हुने त्यहाँको मौसम विभागले जनाएको छ । भारी वर्षापछिको बाढी र पहिरोका कारण जनजीवन अस्तव्यस्त भएको जनाइएको छ ।

वर्षाका कारण क्युशु टापुका नदीको सतह बढेको र विशाल क्षेत्र डुबानमा परेको जापानको एनएचके समाचार संस्थाले जनाएको छ । अविरल वर्षापछि सुरक्षा निकाय र उद्धारकर्मीहरु मानिसहरुलाई सुरक्षित स्थानतर्फ सार्ने तयारीका लागि जुटेका बताइएको छ ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  ५ : २२ बजे

महावैका तत्कालीन गाउँपालिका उपाध्यक्षसहित ९ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको महावै गाउँपालिकाका तत्कालीन गाउँपालिका

‘खगेन्द्र’ र ‘रुद्रकली’लाई यसरी पुर्‍याइनेछ कतार

तस्बिरः कृष्ण आचार्य/रासस काठमाडौं – कतारका अमिर शेख तमिम बिन

राजनीतिक घुम्ती परिवर्तन गर्ने सोचमा छौँ : भीम रावल

काठमाडौं– नेकपा एमालेका नेता भीम रावलले राजनीतिको घुम्ती परिवर्तन गर्ने

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

काठमाडौं – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

सहकारीका समस्या समाधान गर्न कानून बनाउने सरकारको निर्णय

काठमाडौं– सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु गर्ने