नारायणगढ–मुग्लिन सडकखण्डको ७ ठाउँमा पहिरो जाने खतरा | Khabarhub Khabarhub

नारायणगढ–मुग्लिन सडकखण्डको ७ ठाउँमा पहिरो जाने खतरा


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भरतपुर– नारायणगढ मुग्लिन सडकखण्डका ७ स्थान पहिरोका कारण जोखिममा रहेका छन् । ती स्थानमा पहिरो रोक्ने काम वर्षात् अगाडि नहुने भएपछि यात्रा जोखिमपूर्ण बन्ने भएको छ । गत वर्ष मात्र सडक चौडा गर्न भित्तो काटिएका र कमलो माटो भएका ती क्षेत्रमा पानी पर्नासाथ लेदो बगेर सडक अवरुद्ध हुन शुरु गरेको छ ।

नारायणगढ–मुग्लिन सडकखण्डका इञ्जिनीयर शिव खनालका अनुसार गाईघाट, घुमाउने, भालुढुङ्गा, जलविरे, चारकिलो, टोपेखोला र कालीखोला पहिरोको हिसाबले जोखिमपूर्ण छन् । खनालले चारकिलो र टोपे खोला पहिरोको दृष्टिले उच्च जोखिममा रहेको जानकारी दिए । ‘चारकिलोमा साना चट्टान रहेकाले जति झर्‍यो त्यति डाँडाले आफ्नो आकार लिने अवस्था रहेको छ । सो स्थानमा गत वर्ष धेरै पहिरो खसेर प्राकृतिक भिरालो बन्ने क्रममा रहेको भए पनि यस वर्ष अझै पहिरो झर्ने देखिन्छ,’ खनालले भने,  ‘टोपेखोलामा पहाडको भित्तो उल्टो परेर झुण्डिएको अवस्थामा रहेकाले पानीले गलेसँगै जुनसुकै बेला झर्ने खतरा रहेको छ ।’

ती स्थानमा वर्षात् अघिनै पहिरो रोक्ने काम गर्नुपर्नेमा ढिलासुस्ती भएका कारण अझै काम शुरुआत गर्ने टुङ्गो लागेको छैन । खनालले वर्षात‍्पछि मात्र पहिरो रोक्ने काम अघि बढ्ने बताए । सडक निर्माणका क्रममा ठेक्का पाएका ३ कम्पनीलाई आगामी साउन २५ गतेसम्म पहिरो पन्छाउनुपर्ने जिम्मेवारी दिएको छ । त्यसपछि आयोजनाले आफैँ व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

आयोजनाले पहिरोको जोखिम हुने भएकाले पानी परेको समयमा सतर्कता अपनाएर आवागमन गर्न सुझाव दिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले पहिरो पन्छाउनका लागि मुग्लिन र जुगेडीमा डोजरसहितको प्रहरी टोली तयारी अवस्थामा राखेको जनाएको छ । गत वर्षहरुमा वर्षात्को समयमा घण्टौँसम्म यात्रुले सडकमा बिताउनुपर्ने बाध्यता भए पनि त्यो अवस्था भने हटेर गएको छ । यस सडक हुँदै दैनिक १० हजार हाराहारी सवारीसाधन आवागमन गर्ने गर्दछन् ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  ४ : २० बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०