नौ हजार कर्मचारीको मागमा साढे चार लाखको आवेदन | Khabarhub Khabarhub

नौ हजार कर्मचारीको मागमा साढे चार लाखको आवेदन


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लोक सेवा आयोगले स्थानीय तहका लागि कर्मचारी भर्ना सम्बन्धी खुलाएको विज्ञापनमा करिब साढे चार लाखको आवेदन परेको छ । आयोगले ५१५ स्थानीय तहका लागि नौ हजार १६१ कर्मचारी माग गर्दै खुलाएको विज्ञापनमा चार लाख ४१ हजार १४१ जनाले फाराम भरेका हुन् ।

मंगलबार अन्तिम फाराम भर्ने समय सिमासम्म यति संख्यामा आवेदकले फाराम भरेको लोकसेवा आयोगका प्रवक्ता किरणराज शर्माले जानकारी दिए । उनकाअनुसार खुलातर्फ चार लाख ३४ हजार ७६४, महिला एक लाख तीन हजार ५६७, जनजाति ४३ हजार ३२६, मधेशी २४ हजार ९०, दलित तीन हजार ९१ र अपाङ्ग १४६ र पिछडिएका ११६ ले आवेदन दिएका छन् ।

आयोगले गत जेठ १५ देखि असार १७ गतेसम्म आवेदन माग गरेको थियो । उनका अनुसार आवेदनबाट १४ करोड चार लाख ११ हजार १५० राजश्व सङ्कलन भएको छ ।

आयोगले स्थानीय तहको कर्मचारीको पदपूर्तिका लागि साउनको पहिलो सातादेखि परीक्षा सञ्चालन गर्ने जनाएको छ । सर्वोच्च अदालतले गत सोमबार विज्ञापनसम्बन्धी परेको रिटमा सुनवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै आयोगलाई परीक्षा सञ्चालन गर्ने बाटो खुला भएको थियो ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  ३ : ५० बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न