उडिरहेको विमानबाट कसरी खसे मानिस ? | Khabarhub Khabarhub

उडिरहेको विमानबाट कसरी खसे मानिस ?


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बेलायतमा उडिरहेको विमानबाट खसेका एक मानिसको मृत्यु भएको छ ।

केन्या एयरलाइन्सको विमान नइरोवीबाट बेलायतको हिथ्रो विमानस्थलमा अवतरण गर्नु भन्दा केही अघि ति व्यक्ति विमानबाट खसेका थिए ।

विमानस्थल नजिकको एक व्यक्तिको घरमा रहेको बगैचामा विमानबाट मानिस खसेका थिए । उनी बगैंचामा खस्दा ठूलो आवाज आएको थियो । विमानबाट मानिस खस्दा बगैचाको भाग नै भासिएको सीएनएनले जनाएको छ ।

ग्लोबल न्यूजका अनुसार नइरोबीबाट ९ घन्टाको उडान भरेका विमान हिथ्रो विमानस्थलमा पुगेका थियो ।

लण्डन प्रहरीका अनुसार मृतको पहिचान हुन सकेको छैन । प्रहरीले आइतबार दक्षिणी लण्डनको आवासीय क्षेत्रमा रहेको एक घरको बगैचामा ती व्यक्ति खसेको जनाएको छ ।

केन्या एयरवेजका अनुसार प्रहरीले विमानको गेयर बक्समा झोला, पानी र केही खाना फेला परेको बताउँदै उक्त व्यक्ति सोही स्थानमा लुकेको हुनसक्ने अनुमान गरेको छ । विमान अवतरण गर्नु भन्दा पहिला गियरबक्स खसेको थियो । गिरयबक्समा बोझ भएका कारण खसेको हुनसक्ने अनुमान एयरलाइन्सले गरेको छ ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  १ : ४८ बजे

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीले लिए शपथ

काठमाडौं । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घ सोडारीले पद तथा

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा केन्द्र

एकै वर्षमा चार लाख २६ हजार पर्यटकले मुस्ताङ घुमे

म्याग्दी – पछिल्लो एक वर्षको अवधिमा चार लाख २६ हजार

पार्किङ गरिएको जहाज भित्रै भेटियो एक किलो सुन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ गरिएको जहाज भित्र नै

नदी कटानका कारण साँघुरिँदै बस्ती

म्याग्दी । म्याग्दी नदीको कटानका कारण बगरफाँट गाउँ साँघुरिँदै गएको