बेलायतको प्रतिष्ठित 'डायना पुरस्कार' पाउने पहिलो नेपाली बनिन् कञ्चन अमात्य | Khabarhub Khabarhub

बेलायतको प्रतिष्ठित ‘डायना पुरस्कार’ पाउने पहिलो नेपाली बनिन् कञ्चन अमात्य


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कञ्चन अमात्य नेपालीहरुका लागि सुपरिचित नाम  हो । उनले कार्यकौशलताका कारण विभिन्न अवार्ड तथा सम्मान पाउँदै आएकी छिन् ।

हालै बेलायतमा उनले एक प्रतिष्ठित अवार्ड हात पार्दै नेपालीको शीर उचो बनाउने काम गरेकी छिन् । कञ्चनले बेलायतको प्रसिद्ध ‘डायना मेमोरिएल पुरस्कार’ प्राप्त गरेकी हुन् ।

वेल्स की राजकुमारीको सम्झनामा स्थापित उक्त पुरस्कार यस वर्ष अमात्यालाई प्रदान गरिएको हो । साथै, डायना मेमोरिएल अवार्ड नामक प्रतिष्ठित पुरस्कार प्राप्त गर्ने कन्चन पहिलो नेपाली समेत बनेकी छिन् ।

उनले सामाजिक कार्य तथा मानवीय कार्यमा पुर्‍याएको उल्लेखनीय योगदानका कारण यो पुरस्कार तथा सम्मान प्राप्त गर्न सफल भएकी हुन् ।

सन् १९९७ मा वेल्स कि राजकुमारी डायनाको मृत्यु भएपछि उनको सम्झनामा उक्त पुरस्कारको स्थापन गरिएको थियो । यो प्रतिष्ठित पुरस्कारलाई बेलायती शाही परिवार, राजकुमार विलियम तथा राजकुमार ह्यारीको समर्थन र साथ रहँदै आएको छ ।

उक्त पुरस्कार स्व राजकुमारी डायनाको ५८ औ जन्मदिनमा प्रदान गरिएको हो । ललितपुर जावलाखेल घर भएकी अमात्य हाल अमेरिकाको न्युयोर्क बस्दै आएकी छन् । उनले केही दिन अघि मात्र अमेरिकाको प्रतिष्ठित राइस अवार्ड हात पार्न सफल भएकी थिइन् ।

यो पनि पढौं

नेपाली चेली कञ्चन अमेरिकाको प्रतिष्ठित ‘राइस अवार्ड’द्वारा सम्मानित

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  ११ : ०५ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न