पढ्नका लागि अष्ट्रेलिया पुग्ने विद्यार्थीले पहिलो चरणमा पाउन सक्छन यस्ता काम | Khabarhub Khabarhub

पढ्नका लागि अष्ट्रेलिया पुग्ने विद्यार्थीले पहिलो चरणमा पाउन सक्छन यस्ता काम


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपाली विद्यार्थीहरुको पहिलो रोजाईको मुलुकका रुपमा अष्ट्रेलिया पर्दै आएको छ । अष्ट्रेलियामा हजारौं नेपाली विद्यार्थी पढ्नका लागि गइसकेका छन् ।

धेरै विद्यार्थीहरु अष्ट्रेलिया जाने तरखरमा पनि होलान् । तर, उनीहरुमा अष्ट्रेलिया पुगे के काम गर्ने ?  काम पाइन्छ कि पाइँदैन ?  भन्ने मनमा द्विविधा पनि रहन्छ होला । अष्ट्रेलिया पुग्ने हरेक विद्यार्थीहरुको सपना भनेको पैसा कमाउनु पनि हो ।

अस्ट्रेलिया पुगेपछि विद्यार्थीहरूले आफ्नो अध्ययन सँगै हप्ताको बिस घण्टा काम गर्न पाउँछन् । तर सुरुवातमै आफूसँग सिप नहुँदा राम्रो काम पाउन गाह्रो हुन्छ । नयाँ ठाउँ, भाषामा समस्या, वातावरण लगायतले विद्यार्थीहरूलाई पहिलो चरणमा राम्रो काम पाउन मुस्किल हुन्छ ।

यस्तो अवस्थामा विदेशी विद्यार्थीले निम्म अनुसारका कामहरु पाउने सम्भावना बढी रहन्छ –

रिटेल सेल्सः रिटेल सेल्समा स्टोर किपर, क्लिनर आदि काम पाउन सकिन्छ । यहाँ ग्राहक संग बोल्ने मौका पाइने हुँदा अंग्रेजी बोलाईमा सुधार आउँछ । यसमा समय व्यवस्थापन गर्न सजिलो हुन्छ तर कमाइ कम हुन्छ ।

क्लेरिकल स्पेसलिस्टः क्लेरिकल स्पेसलिस्ट अन्तर्गत कार्यालय भित्र रहेर संदेश तथा चिठीहरु लेख्ने, कागजपत्रहरु बनाउने, कागजपत्रहरु व्यवस्थापन गर्ने आदि काम गर्नुपर्छ । यो कार्यलय समय हुने हुँदा समय व्यवस्थापनमा सजिलो हुन्छ । काम गर्न सजिलो हुन्छ र कमाइ पनि हुन्छ तर झन्झटिलो तथा एक्लै रहेर एकै खालको काम गरिरहनुपर्ने हुँदा दिक्दारी भई मानसिक थकान बढी हुन्छ ।

रेष्टुराँमा वेटरः रेष्टुराँमा वेटरको काम गर्दा काम अनुसारको कमाइ हुन्छ, अंग्रेजी सुधार हुन्छ, मानिसहरुसँग व्यवहार गर्न सिकिन्छ, हस्पिटालिटी पढ्नेहरुको लागि करियरको आधार बन्न सक्छ । तर यस काममा लामो समय खटिन पर्ने हुँदा थकान बढी हुन्छ र अष्ट्रेलियामा टिप्स दिने चलन नहुँदा अतिरिक्त कमाइ हुँदैन ।

किचनमा हेल्परः किचनमा हेल्पर हुँदा किचनको सरसफाई र भाँडा माझ्ने काम गर्नुपर्छ । यसमा परिश्रम अनुसारको कमाइ पनि हुन्छ तर थकान बढी हुने र समूहमा काम गर्न नपाउने हुँदा दिक्दारी हुन सक्छ ।

बार टेन्डरः बार टेन्डरमा काम गर्दा ड्रिंक्स सम्बन्धि जानकारी लिएर काम गर्नुपर्छ। यसमा कमाइ पनि राम्रो हुनुको साथै अंग्रेजी सिक्ने र साथीहरुसंग रिफ्रेस हुने अवसर मिल्छ । तर यो लामो समयको काम हुन्छ र असामान्य ग्राहकहरुको पनि सामना गर्नुपर्ने हुन्छ ।

कल सेन्टरः कल सेन्टरमा फोनबाट क्लाइन्टसँग बोल्नु पर्ने हुन्छ जसले गर्दा अंग्रेजीमा सुधार आउँछ र साथै यसमा कमाइ पनि हुन्छ । तर यो कामले तपाईंमा नैराश्यता सिर्जना गर्न पनि सक्छ ।

क्लिनरः यस काम अन्तर्गत कार्यालय समय सकिएपछि कार्यालयहरुको सरसफाई गर्नुपर्ने हुन्छ । यसमा मानिसहरुसँग डिल गर्न नपर्ने हुँदा अंग्रेजी सिक्ने अवसर हुँदैन।

असिस्टेन्टः यस काम अन्तर्गत गेस्टहरुको सत्कार गर्ने, उनीहरुको फ्लाइट बुक गरिदिने, मिटिंग हल रेडी गरिदिनुपर्ने आदि काम पर्छन् । यसमा राम्रो कमाई र समयको निश्चितता हुन्छ ।

यी बाहेक साथीभाइ, नातेदार वा चिनजानको व्यक्तिहरुसँग सम्पर्क गरेर र जब भ्याकेन्सी सम्बन्धी वेबसाइटहरु हेरेर अरु काम पत्ता लगाउन सकिन्छ ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  १० : २२ बजे

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि मोहम्मद अफताव आलमलाई जन्म कैदसम्म

मन्त्रिपरिषद् बैठक  सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु

नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास 

काठमाडौं- सशस्त्र प्रहरीले चितवनको नारायणी नदीमा सेमुलेशन अभ्यास सम्पन्न गरेको

सुनिल पौडेललाई थुनामा राख्न आदेश

काठमाडौं- नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई विशेष अदालतले

भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा

टक्सार– भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप

सर्लाहीको हरिपूर्वामा आगोले जलेर चार घर नष्ट 

बरहथवा– सर्लाहीको हरिपूर्वा नगरपालिका–५ धोवीनियामाा आगलागी भएको छ । आगोले