उडिरहेको प्लेनबाट एक यात्रु खसेपछि... | Khabarhub Khabarhub

उडिरहेको प्लेनबाट एक यात्रु खसेपछि…


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बेलायतमा उडिरहेको प्लेनबाट खसेर एक जनाको ज्यान गएको छ । हिथ्रो विमानस्थलमा अवतरण गर्ने क्रममा रहेको केन्या एयरलाइन्सको विमानबाट एक यात्रुको खसेर ज्यान गएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएअनुसार उनी विमानको ल्यान्डिङ गियरभित्र लुकेर यात्रा गरिरहेका थिए । विमान अवतरणको क्रममा ल्यान्डिङ गियर खोलेपछि उनी तीन हजार ५ सय फिट माथिबाट जमिनमा खसेको बताइएको छ ।

दक्षिण लन्डनको आवासीय क्षेत्रमा रहेको एउटा घरको बगैंचामा ती व्यक्ति खसेका थिए । प्रत्यक्षदर्शीले भने, ‘एकछिनसम्म म त ट्वाल्ल परेँ सोच्नै नसक्ने घटना, ‘आकाशबाट मान्छे पो खस्यो ।’ ती व्यक्ति जमिनमा खस्दा ठूलो आवाज समेत आएको उनले बताएका छन् । उनी खसेको स्थानमा जमिनसमेत भासिएको छ । उनको परिचय भने खुलाइएको छैन ।

केन्याको नैरोबीबाट स्थानीय समयअनुसार आइतबार बिहान सवा नौ बजे उडेको सो विमान हिथ्रो विमानस्थलमा अवतरणको तयारीमा थियो ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  ९ : १९ बजे

गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने

काठमाडौं । गोरखा भूकम्पको सम्झनामा बृहत् फोटो प्रदर्शनी हुने भएको

भक्तपुरमा आगलागीबाट १८ चौपाया मरे

भक्तपुर । सूर्यविनायक नगरपालिका- १, तर्खगालस्थित ओमसाई गाई फर्ममा आज

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द

झापा । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज

युद्धका लागि उमेर पुगेका नागरिकलाई युक्रेनले स्वदेश फिर्ता बोलाउने

युक्रेन – सेनाका लागि सेवा गर्ने उमेर पुगेका पुरुषहरूलाई देश

सुनसरीको भोक्राहामा आगलागीबाट लाखौँको क्षति

सुनसरी – सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जस्थित शिशौ टोलमा आज