नेपालले चीनलाई १० विकेटले हरायो « Khabarhub

नेपालले चीनलाई १० विकेटले हरायो


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं- मलेसियामा जारी एसीसी यु–१९ इस्टर्न रिजन क्रिकेटमा नेपालले प्रभावशाली सुरुवात गरेको छ । समुह चरणको पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले हराएको छ ।

५४ रनको सामान्य लक्ष्य नेपालले मात्र ५ ओभरमा पुरा गर्‍यो। पवन सरार्फको विस्फोटक ब्याटिङमा नेपालले प्रभावशाली जित दर्ता गरेको हो । सरार्फले २१ ब्लमा ६ चौका र ३ छक्काको मद्दतले ४६ रन बनाए । अर्का ओपनर रित गौतम १० रनमा अविजित रहे ।

क्वालालम्पुरस्थित किनरारा ओभलमा टस जितेर पहिला फिल्डिङ रोजेको नेपाल सामु चीनले ५४ रनको लक्ष्य प्रस्तुत गरेको छ । ओपनरद्वय खेलाडीले समान १३/१३ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

नेपालका सागर ढकाल एक्लैले ६ विकेट लिए । तिलक भण्डारीको नाममा ३ विकेट रह्यो । कमल सिंह ऐरीले एक विकेट झारे ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  १० : ०० बजे

बूढानीलकण्ठको प्रमुख र उपप्रमुखमा एमाले विजयी

काठमाडौँ : काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) का

मधुवन नगरपालिकामा कांग्रेस विजयी

बर्दिया : मधुवन नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नगरप्रमुखमा कांग्रेसका

गोकर्णेश्वरको मेयरमा कांग्रेस विजयी

काठमाडौँ : गोकर्णेश्वर नगरपालिकाको नगरप्रमुख पदमा नेपाली कांग्रेसका दीपक रिसाल विजयी

दिक्तेल रूपाकोट मझुवागढीमा गठबन्धनका उम्मेदवार विजयी

खोटाङ : दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा सत्ता गठबन्धनका

तनहुँका आठ पालिकामध्ये चार पालिकामा कांग्रेस विजयी

दमौली– स्थानीय तह निर्वाचनअन्तर्गत बुधबारसम्म तनहुँका आठ पालिकाको मतपरिणाम सार्वजनिक