जुलाई ११ सम्म ग्रिज्म्यानलाई बार्सिलोना भित्र्याइने | Khabarhub Khabarhub

जुलाई ११ सम्म ग्रिज्म्यानलाई बार्सिलोना भित्र्याइने


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एट्लेटिको मड्रिड छाडेका फ्रान्सेली स्टार खेलाडी एन्टोइनी ग्रिज्म्यानसँगको सम्झौता आउँदो बिहीबारसम्म गरिसक्ने तयारीमा बार्सिलोना रहेको छ ।

एट्लेटिकोबाट १ सय २० मिलियन युरोमा क्लबमा भित्र्याउने तयारी गरेको बार्सिलोनाले उनको मूल्यमा बार्गेनिङ गर्न खोजेपछि सम्झौतामा ढिलाई भएको स्पेनिस पत्रिका मार्काले जनाएको छ ।

बार्सिलोनाले उनलाई जुलाई ११ सम्ममा क्लबमा भित्र्याउने तयारी गरेको छ । बार्सिलोनाले तयारी गरेको लामो समय भइसक्दा पनि सम्झौता हस्ताक्षर नभएकाले अझै उनको आगमनलाई आधीकारिकता दिन सकेको छैन् ।

यदि ग्रिज्म्यानसँग ११ तारिखसम्म भएको खण्डमा उनले जुलाई १४ देखि बार्सिलोनामा अभ्यास थाल्ने बताइएको छ ।

ग्रिज्म्यानसँगै सरुवा बजार खुल्ला हुँदै ब्राजिलीयन स्टार नेयमारलाई क्लब फर्काउने ध्याउन्नमा पनि बार्सिलोना रहेको छ ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  १० : ०४ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न