पढ्नका लागि भारत पठाइएका छोरा ५ वर्षपछि छोरी बनेर फर्किए, प्रहरीसँगको बयानले गाउँले झन चकित ! | Khabarhub Khabarhub

पढ्नका लागि भारत पठाइएका छोरा ५ वर्षपछि छोरी बनेर फर्किए, प्रहरीसँगको बयानले गाउँले झन चकित !


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– सुन्दर भविष्य सोचेर भारत पठाइएको छोरो पाँच वर्षपछि छोरी बनेर फर्किँदा बाबुआमा मात्र होइन गाउँले नै चकित परेका छन् ।

कन्चनपुरमा एउटा यस्तै घटना भएको छ । बाबुले छोरोलाई पढ्नको लागि भारत पठाए । तर पछि फर्किँदा छोरो त छोरी बनेर फर्किइन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लाका १७ वर्षे सुरेन्द्र माल २०७१ सालमा १२ कक्षा पढेर बुवासँगै भारत गए । भारतमा कम्प्युटर सिकेर उज्ज्वल भविष्य बनाउने उनको सपना थियो ।

५ वर्षपछि घर फर्किंदा उनी ‘केटी’ प्रियंका बनेकी छन् । प्रहरी कार्यालयमा उजुरी परेपछि घटना सार्वजनिक भएको हो ।

भारतमा सवारी चालकको काम गर्ने बुवा जयराज मालले उनलाई उत्तराखण्डको हरिद्वारमा कम्प्युटर सिकाउन इन्स्टिच्यूटमा भर्ना गर्दिएका थिए । बुवा जयराज देहरादून चल्ने गाडी चलाउने भएकाले सधैं सुरेन्द्रसँगै हुँदैन्थे ।

सुरेन्द्रले ६ महिनासम्म कम्प्युटर सिके, बुवा कहिलेकाहीँ आउने–जाने गर्थे । ‘को–को आएर बढी तलब दिन्छु भनेर छोरा सुरेन्द्रलाई लगेर गएछन्,’ बुवा जयराजले भने, ‘भारतको जम्मुकस्मिर पुर्‍याए छन् ।’

उनलाई तेस्रोलिङ्गीहरूको समूहले त्यहाँ पुर्‍याएर बन्दी समेत बनाएको बाबुले बताएका छन् । त्यसपछि उनलाई २०७२ सालमा चिनेजानेका एक जनाले घर फिर्ता ल्याएका थिए ।’

दोस्रोपल्ट भारत गएका सुरेन्द्र घरपरिवारको नियमित सम्पर्कमा थिएनन् । एक्कासी गत असार महिनामा सुरेन्द्र केटीजस्तै देखिने ‘प्रियंका’ भएर कृष्णपुरको दोमिल्लास्थित घर फर्किए ।

उनीसँगै भारतीय मुस्लिम नागरिक नइम पनि आएका थिए । बुवा जयराजका अनुसार सुरेन्द्र अहिले २२ वर्षका भए, तर उनी सुरेन्द्र होइन, प्रियंका बनेका छन् ।

सुरेन्द्र प्रियंका कसरी बने ?

इलाका प्रहरी कार्यालय झलारीमा यही घटनाको उजुरी परेपछि त्यसलाई जिल्ला प्रहरी कार्यालय पठाइएको प्रहरी निरीक्षक रमेश अवस्थीले बताए ।

प्रियंकाले प्रहरीसमक्ष औषधि खुवाएर तथा सुइ लगाएर लिङ्ग परिवर्तन गरिएको बयान दिएका छन् । आफ्नो लिङ्ग जबरजस्ती परिवर्तन गराउनेलाई कारवाही हुनुपर्ने उनको माग छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा प्रियंकासहित परिवारले उजुरी दिएको हो । प्रहरीमा उजुरी पुगेपछि प्रहरीको आग्रहमा महाकाली अञ्चल अस्पताल महेन्द्रनगरले प्रियंकाको स्वास्थ्य जाँच गरेको छ ।

औषधि र सुइका कारण ‘हर्मोन’मा परिवर्तन गर्न सकिने महाकाली अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. हरिकुमार श्रेष्ठले बताएका छन् ।

उनले भने, ‘स्वेच्छिक लिङ्ग परिवर्तन गरिएका थुप्रै घटना सुनिन्छन् । तर, प्रियंकाको हकमा जबरजस्ती भएको देखिन्छ ।’

लिङ्ग परिवर्तन गर्नका लागि सुरेन्द्रको यौनाङ्ग काटेर फालिएको तथा अन्य शरीरलाई औषधिबाट परिवर्तन गरिएको बुवा जयराजले बताए । लिंग परिवर्तन पछि प्रियंकाको हाउभाउ पूरै केटीजस्तै भएको छ । ‘लजाउने, हिड्ने तरिका सबै केटीकै जस्तो देखिन्छ, स्तन पनि देखिन्छन् । तर, बोली भने केटाकै छ,’ बाबुले भने, ‘हामी न्याय खोजिरहेका छौं ।’

बाबुका अनुसार छोरा सुरेन्द्रलाई तेस्रोलिंगीहरुले नियन्त्रणमा लिएर यस्तो गरेका हुन् ।  उनले भने, ‘केटालाई केटी बनाएर विभिन्न रेस्टुरेन्ट बारमा नाच्न लगाउने रहेछन्, लामो समय नियन्त्रणमा राखेर नचाउँदै पैसा कमाउने उनीहरुको धन्दा रहेछ ।’

उजुरी परेपछि घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । भारतीय नागरिक नइमले आफूलाई लिङ्ग परिवर्तन गराउनेको पञ्जाबाट मुक्त गरेर ल्याएको प्रियंकाले बताएकी छिन् ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  ७ : १७ बजे

सुदूरपश्चिम सरकारबाट बाहिरिन दलका नेतालाई नागरिक उन्मुक्तिको निर्देशन

सुदूरपश्चिम – नागरिक उन्मुक्ति पार्टी केन्द्रीय कार्यालयले नेपाली कांग्रेस नेतृत्वको

दुर्गा प्रसाईँले पाएको हतियार इजाजतबारे छानबिन गर्न समिति गठन

काठमाडौं – गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नाममा इजाजत

सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु

डोटी – नुहाउने क्रममा सेती नदीमा डुबेर डोटीमा एक किशोरको

प्रधानमन्त्रीको दाबी ‘राष्ट्रिय गौरवका आयोजना समयमै सम्मन्न हुन्छन्’

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी

शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिएको वन्यजन्तु बाह्रसिङ्गाको