रसुवामा टाटासुमो दुर्घटना हुँदा २ जनाको मृत्यु | Khabarhub Khabarhub

रसुवामा टाटासुमो दुर्घटना हुँदा २ जनाको मृत्यु


२० जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– रसुवाको मैलुङ–स्याफ्रुबेसी सडक खण्डमा सोमबार साँझ टाटासुमो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । पोखराबाट रसुवाको गोल्जुङ जाँदै गरेको बा १० च ५८२० नम्बरको टाटा सुमो कालिका गाउँपालिका १ स्थित गुम्चेतमा दुर्घटना भएको हो ।

दुर्घटनामा ६ जना घाइते भएका छन् । दुर्घटनामा परी ज्यान गुमाउने दुई महिला रहेको र उनीहरुको पहिचान खुल्न बाँकी रहेको रसुवाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भागेन्द्र ढकालले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परेर घाइते भएका ६ जनालाइ उपचारको लागि जिल्ला अस्पताल त्रिशूली नुवाकोट ल्याइएको छ । घाइते हुने ६ जना मध्ये दुई बच्चा र एक महिला रहेका छन् ।

प्रहरीको अनुसार जीपमा ११ जना यात्रु रहेको पाइएकाले दुर्घटना पश्चात् हराइरहेकाहरुको खोजी भइरहेको छ । गाडी त्रिशूली नदि किननरमा पुगेकाले हराएकाहरु नदिमा परेर बेपत्ता भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनास्थलमा उद्वार एंव खोजीको लागि रसुवा र नुवाकोटबाट खटिएको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खटिएको छ ।

प्रकाशित मिति : २० जेठ २०७६, सोमबार  १० : ०३ बजे

देउवा–नेपाल भेटले सत्ता समीकरणमा तरंग

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष

धरान डेन्टल कलेजको कन्तबिजोग

धरान – दाँतको सामान्य उपचार गर्न बीपी कोइराला स्वास्थ्य विज्ञान

विद्यार्थी बढाउन कक्षा एकमै अङ्ग्रेजी विषय

वैशाख– कैलालीको जानकी गाउँपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन यो

तालढुङ्गालाई प्रदेशको नमूना सहर बनाइँदै

काभ्रे– विकट क्षेत्रमा सूचीकृत काभ्रेको खानीखोला गाउँपालिका–५ स्थित तालढुङ्गालाई बाग्मती

विद्युत् उत्पादनको केन्द्र बन्दै ताप्लेजुङ

ताप्लेजुङ– ताप्लेजुङ जिल्ला विद्युत् उत्पादनको केन्द्र बन्दै गएको छ ।