लोकसेवाको विज्ञापन सच्याउन माग | Khabarhub Khabarhub

लोकसेवाको विज्ञापन सच्याउन माग


२० जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय अपांग महासघ नेपालले हालै लोकसेवा आयोगले गरेको स्थानीय तहको कर्मचारी पदपूर्तिका लागि गरेको विज्ञापन सच्याउन माग गरेको छ ।

महासंघका वरिष्ठ उपाध्यक्ष रमेश लामाले सोमबार विज्ञप्ति जारी गर्दै निजामती सेवा ऐनले अपाङ्गता भएका व्यक्तिलाई पाँच प्रतिशत आरक्षणको व्यवस्था गरे पनि आयोगले निकालेको नौ हजार १६१ पदको विज्ञापनमा तीन जनालाई मात्र आरक्षण गरेकाले ऐनअनुसार आरक्षणको व्यवस्था गरी विज्ञापन सच्याउन माग गरेको हो ।

‘स्थानीय तहमा तीन जना मात्र अपाङ्गता भएका व्यक्तिलाई आरक्षण गरिएको अपाङ्गता भएका व्यक्तिहरुको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि, नेपालको संविधान २०७२ र अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ को उल्लङ्घन भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले उक्त विज्ञापनमा उल्लिखित सङ्ख्या नौ हजार १६१ लाई १०० प्रतिशत मानी अपाङ्गता भएका व्यक्तिले हालसम्म प्राप्त गरिरहेको पाँच प्रतिशत आरक्षण कायम राखी सच्याएर दरखास्त आह्वान गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र लोकसेवा आयोगलाई आग्रह गर्दछौँ’, विज्ञप्तिमा आयोगले पुनर्विचार गरि विज्ञापन नसच्याए चरणबद्ध आन्दोलनको घोषणा गर्न बाध्य हुने उल्लेख गरेको छ ।

प्रकाशित मिति : २० जेठ २०७६, सोमबार  ७ : ४१ बजे

आइपिएलमा आज लखनउ र चेन्नई खेल्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै

हर्नियाको जोखिममा पुरुष : समयमा उपचार नगरे ज्यानै जाने खतरा

काठमाडौं – हर्निया शरीरको कुनै अङ्गको अतिरिक्त विकास भएर उत्पन्न

इन्डोनेसियामा भयानक ज्वालामुखी बिष्फोट, ११ हजार बढीलाई अन्यत्र सारियो

जाकार्ता– इन्डोनेसियामा निरन्तर भयानक ज्वालामुखी विस्फोट भए पछि ११ हजारभन्दा

इलामको उपचुनाव : पहिचानवादीको अग्निपरीक्षा

सुनसरी- इलाम क्षेत्र नम्बर–२ को सन्दर्भमा सामाजिक सञ्जालमा खुब बहस

संरक्षणको प्रतीक्षामा निशानदेवी मन्दिर

धरान– धरान उपमहानगरपालिका वडा नं ५ निशान डाँडामा रहेको निशानदेवीको